वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया शुरू भएको कार्यालयले बताएको छ ।
प्रमुख कर अधिकृत ढाकाराम तिवारीले...
वीरगन्ज । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका अधिकांश किराना तथा खाद्यान्न पसलमा म्याद नाघेका खाद्य सामग्री रहेको पाइएको छ । होली पर्वका अवसरमा महानगरपालिकाले गरेको बजार अनुगमनमा यस्तो भेटिएको हो ।
किराना तथा खाद्यान्न पसलमा अनुगमनका क्रममा फेला परेका त्यस्ता सामग्री ब...
रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित गैंडाटार चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र परेपछि स्थानीयले निर्माण अगाडि बढाउन दबाब शुरू गरेका छन् । पप्पु–शिवशंकर जेभीले २ वर्षमा सम्पन्न गर्नेगरी २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा ठेक्का पारेको थियो । तर सम्झौताको साढे ५ वर्ष बित...
वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । आगामी वर्षको धानखेतीको सिजनका लागि पुग्ने मलको मौज्दात नहुँदा पनि सरकारले खरिद प्रक्रिया अघि नबढाएकाे कृषि सामग्री कम्पनी लिमिटेडकै अधिकारी बताउँछन् ।
मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल म...
जनकपुरधाम । स्वदेशी उत्पादनलाई स्थानीय स्तरमा पुर्याउन जनकपुर वाणिज्य संघले आयोजना गरेको जनकपुरधाम अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा सञ्चालन भएको थियो । मेलामा स्वदेशी र विदेशी उत्पादनका १४० स्टल थिए ।
मेलामा विभिन्न बैंक,...
वीरगञ्ज । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि भन्दै एकपछि अर्को उपाय अपनाइरहँदा सरकारकै एउटा निकायमा परेको कर छलीसम्बन्धी उजुरीको सुनुवाइ हुन सकेको छैन । वीरगञ्जका एक व्यवसायीले आन्तरिक राजस्व विभागमा दिएको उजुरीमा १ वर्ष बित्न लाग्दा पनि सुनुवाइ नभएको हो ।
स्वदेशमा खुलेका केमिकलमा आधारित ट्वा...
जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले आफ्नो एकमहीने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रवार मन्त्रालयका उपलब्धि सार्वजनिक गर्दै मन्त्री कुशवाहाले मन्त्रालयका अधिकांश योजना वितरणमुखी रहेकाले यस्ता योजना कार्यान्वयनमा नल्याइने बताएका छन् ।
वितरणमु...
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)बाट विशेषज्ञ डाक्टरसहितको बहिरंग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन...
सर्लाही । जिल्लाको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष (आव)को सात महीनामा एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रू. १ अर्ब ६६ लाख ६३ हजार...
जनकपुरधाम । यो वर्ष धनुषा जिल्लामा धान उत्पादन घटेको छ । देशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामा पोहोरको तुलनामा यसपालि ३२ हजार मेट्रिक टनभन्दा धेरैले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनुषाले जानकारी दिएको छ ।
यसपालिको उत्पादन पोहोरको तुलनामा ३२ हजार ७६० मेट्रिक टनले कम हो । केन्द्रका अन...