सडक बत्तीको साढे ७ करोड महशुल बक्यौता
रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रपुर शाखालाई रौतहटका पाँच स्थानीय तहले सडक बत्तीको महशुल करीब ७ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । जिल्लाका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडक बत्ती बालेबापतको सो महशुल बक्यौता रहेको छ । ती पालिकाले महशुल बुझाउन चासो...
नक्कली नोट कारोबार गर्ने पक्राउ
जनकपुरधाम । मधेश प्रदेशमा गत साउनयता प्रहरीले ६६ लाख ७२ हजार ५०० रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । सोही अवधिमा २ हजार २०० रुपैयाँ भारतीय नक्कली नोट समेत बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बताएको छ । नक्कली नोट कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रदेश प्...
संकटमा सारथी बन्नुपर्ने सरकार समस्याको कारण बन्यो : निजीक्षेत्र
वीरगञ्ज । सरकारले उद्योग व्यापारलाई प्रवद्र्धन गर्नुको सट्टा अनेक कानूनी र नीतिगत समस्यामा घेर्ने काम गरेको निजीक्षेत्रले बताएको छ ।
वीरगञ्जमा आइतवार उद्योग वाणिज्य संघको ४७ औं साधारणसभा उद्घटनमा सहभागी वक्ताहरूले उद्योग व्यापार संकटमा परेको अहिलेको अवस्थामा सरकारले सहजीकरण गर्न नसकेको बताए...
नेउवा महासंघ, मधेश प्रदेशको अध्यक्षमा अशोककुमार टेमानी
जनकपुरधाम । नेपाल उद्योग वाणिज्य संघ, मधेश प्रदेशको चौथो साधारणसभा तथा तेस्रो निर्वाचन जनकपुरधाममा बिहीवार सम्पन्न भएको छ । सभाबाट १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ, जसअनुसार अध्यक्षमा अशोककुमार टेमानी चयन भएका छन् । यस्तै जिल्ला नगरतर्फका उपाध्यक्षमा जितेन्द्रकुमार महासेठ र एसोसिएटतर्फका उ...
वीउवासंघका ३५ कार्य समिति सदस्य सर्वसम्मत, को - को भए चयन ?
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी दुई वर्षको कार्यकाकालका लागि कार्य समिति सदस्यहरू सर्वसमम्मत चयन भएका छन् ।
संघको वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट चारै क्षेत्रका कार्य समिति सदस्य सर्वसम्मत चयन भएको संघका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।
वाणिज्यतर...
तराई–मधेशमा होली : बढ्दो उत्साह, घट्दो मौलिकता
वीरगञ्ज । तराई मधेशमा फगुवा अर्थात् होली मुख्य पर्व हो । यो रङहरूको उत्सवमात्र होइन, सद्भाव आत्मीयताको प्रतीक पनि हो । पहाडी र हिमाली क्षेत्रभन्दा तराई/मधेशमा १ दिनपछि यो पर्व मनाइन्छ ।
मधेशमा यसपटक मंगलवार मनाइने भए पनि यो पर्वको उल्लास १ दिनपछाडि धकेलिएको छ । अर्थात् अधिकांशले यसपटक बुधवार होली...
चिनी मिललाई उखुको अभाव
रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजनाथ चिनी मिलले क्षमता अनुसार उखु क्रसिङ गर्न सकेको छैन । जिल्लामा उखु उत्पादन घटेपछि केही वर्षयता चिनी मिललाई उखु अभाव हुन थालेको हो । दैनिक २० हजार क्विन्टल क्रसिङ क्षमता भएको मिलले अहिले ७ हजार क्विन्टलभन्दा कम मात्र क्रसिङ गर्दै आएको छ । उखुको अभावले मिल बन...
जनकपुरधाम उपमहानगरका २० योजना मात्र सम्पन्न
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका, योजना शाखाले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मध्यसम्ममा २० ओटा योजना मात्र सम्पन्न गरेको छ । योजना शाखाले १२८ ओटा योजनाको सम्झौता गरेको थियो । यस वर्ष स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका कारण योजनाको कामले गति लिन नसकेको उपमहानगरपालिकाका योजना प्रमुख वीरेन्द्...
मिथिलामा शुरु भयो होलीको रौनक, 'जोगिरा'को धुन गुञ्जिँदै
जनकपुरधाम । ‘जोगिरा सररर, जोगिरा सररर...।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’
‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’
‘रङ्ग बरसे भ...