ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मधुमेहको मुख्य कारक वायु प्रदुषण

Jun 30, 2018  
जीवनशैली गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
असार १६, पेरिस (फ्रान्स) । मधुमेहका सात कारक तत्वमध्ये वायु प्रदुषण पनि एक रहेको अमेरिकी अध्ययनले देखाएको छ । वायु प्रदुषणले दीर्घरोग विकास हुनसक्ने सम्भावना कम भएपनि मधुमेह विकासमा भने कुनै न कुनै भूमिका खेल्ने अध्ययनले बताएको छ । मधुमेह खासगरी जीवनशैलीसँग सम्वन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुन्छ । तर, सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले भने प्रदुषण पनि मधुमेहको मुख्य कारक रहेको बताएको छ । अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा प्रदुषणका कारण विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी देखा परेकाछन् । यो उक्त वर्ष मधुमेहका बिरामी सङ्ख्याको १४ प्रतिशत हो । रासस÷एएफपी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)