ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सलमान सर्वाधिक कमाउने भारतीय सेलिब्रिटी, शीर्ष १० मा पनि परेनन् शाहरुख

Dec 5, 2018  
अन्तरराष्ट्रिय जीवनशैली गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
मङ्सिर १९, नयाँ दिल्ली (भारत) । बलिउड सुपरस्टार सलमान खान भारतकै सबैभन्दा धनी सेलिब्रिटी बनेका छन् । फोब्र्स इण्डियाले सार्वजनिक गरेको सय सेलिब्रिटीको सूचिले यस्तो देखाएको हो । सूचिअनुसार सन् २०१७ को अक्टोबर १ देखि सन् २०१८ को सेप्टेम्बर ३० को बीचमा सलमानले २ अर्ब ५३ करोड २५ लाख भारु कमाएका छन् । खानको मुख्य भूमिका रहेको टाइगर जिन्दा हे, रेस थ्री जस्ता फिल्मको व्यावसायिक सफलताका कारण पनि शीर्ष स्थानमा रहन फल भएका हुन् । कयौं उपभोग्य वस्तुको विज्ञापन, टिभी प्रोग्रामको होष्टिङले पनि उनको आम्दानी बढाएको हो । सूचिको दोस्रो स्थानमा भने भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छन् । समिक्षा अवधिमा कोहलीले २ अर्ब २८ करोड ९ लाख भारु कमाएका छन् । उनको यो आम्दानी गत वर्षको तुलनामा १ सय १६ दशमलव ५३ प्रतिशत धेरै हो । १ अर्ब ८५ करोड भारु कमाइसहित अर्का बलिउड अभिनेता अक्षय कुमार सूचिको तेस्रो स्थानमा रहेका छन् । भर्खरै अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दिपिका पादुकोण भने सूचिको चौथो स्थानमा छिन् । समिक्षा अवधिमा उनले १ अर्ब १२ करोड ८० लाख भारु कमाइ गरेकी छिन् । उनको शीर्ष भूमिका रहेको पद्मावत् फिल्मको उल्लेख्य सफलता र ब्राण्ड इन्डोर्समेण्टका कारण पनि उनी उक्त स्थानमा रहन सफल भएकी हुन् । शीर्ष १०मा रहन सफल पादुकोण एक मात्रै महिला सेलिब्रिटी पनि हुन् । क्रिकेट स्टार महेन्द्र सिंह धोनी भने १ अर्ब १ करोड ७७ लाख भारु सहित पाँचौं स्थानमा छन् । सूचिको छैठौ देखि १० औं स्थानमा क्रमशः अमिर खान, अभिताभ बच्चन, रणवीर सिंह, सचिन तेन्दुलकर र अजय देवगण छन् । बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खान भने यस वर्ष सूचिको शीर्ष १० मा पनि परेका छैनन् । गत वर्षको तुलनामा यस वर्ष कमाई ५३ प्रतिशतले घटेर ५६ करोड भारुमा आएसँगै शाहरुख खान १३ औं स्थानमा समेटिएका हुन् । यस पटकको सूचिमा दक्षिण भारतीय फिल्म जगतबाट पनि १७ जना सेलिब्रिटी परेका छन् । यद्यपि अभिनेत्री नयनतारा सूचिमा पर्न सफल एक मात्रै दक्षिण भारतीय महिला हुन् । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)