ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करियर भन्दा परिवारलाई महत्व दिनेको आम्दानी बढी

Jul 1, 2018  
जीवनशैली गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
असार १७, काठमाडौं । हाम्रो काम गर्ने संस्कृति विस्तारै फेरिदै गएको छ । विशेषगरी निजी क्षेत्रमा काम गर्ने मध्यम वर्गिय नेपालीहरुमा काम नै पूजा हो भन्ने भावना विकास हुन थालेको छ । केहीले काम र निजी जीवनबीच तालमेल मिलाएर राखेका छन् । तर, कतिपयले चाँहि करियर उकास्न, तलब बढाउन आप्mनो व्यक्तिगत जीवनकै बहुमूल्य समय आहुति दिइरहेका छन् । न त छोराछोरीसँग समय बिताउने फुर्सद छ, न जीवन साथी वा साथीभाईसँग । कतिपय मानिस हप्ताको सातै दिन कार्यालयको काममा व्यस्त हुन्छन् । आप्mनै लागि समेत समय निकाल्न नसक्ने, जिउँज्यान र स्वास्थ्यको ख्यालै नराखी काम गर्ने ‘वर्क मार्टियर’ (काममा शहिद)हरु पनि बढ्दैछन् यहाँ । तलब बढाउन र पदोन्नति हाँसिल गर्न व्यक्तिगत जीवनको कति समय खर्चने ? यो अहिलेको सबैभन्दा महत्वपूर्ण प्रश्न हो । यदी तपाईहरुले पनि यस्तै गरिरहनु भएको छ भने आप्mनो बानी बदल्नुहोस् । किनकि अमेरिकामा हालै भएको एक अनुसन्धानले भने करियरलाई सर्वस्व ठान्नेहरु भन्दा घर परिवारलाई बढी महत्व दिनेको औसत आम्दानी बढी भएको देखाएको छ । यस नतिजाले करियरमा क्षति नपु¥याइकन निजी जीवनमा सन्ुतलन ल्याउन सम्भव भएको सङ्केत गरेको छ । वित्तीय सेवा प्रदायक साइट क्रेडिट लोनले अमेरिकामा १३ देखि ७३ वर्ष उमेरसम्मका १ हजार १५ जना कामदारमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । यस क्रममा कामलाई नै सर्वोपरी ठान्नेको तुलनामा परिवार र बालबालिकालाई प्राथमिकतामा राख्नेहरुले वर्षेनी औसत ८ हजार १ सय १४ डलर बढी कमाइरहेको देखिएको छ । परिवारलाई प्राथमिकता दिने र उच्च तलब बीचको सह–सम्बन्धले उच्च तलब पाउने व्यक्तिको लागि परिवारलाई प्राथमिकता दिन बढी सहज महसुस भएको समेत अनुसन्धानले देखाएको छ । ‘जीवनमा सन्तुलन भएन भने ‘बर्नआउट’को स्थिति आउँछ, यदि तपाई आप्mनो करियरका लागि मात्रै जिइरहनु भएको छ भने सम्बन्धहरुलाई थप प्रेरक बनाउन र रुचीहरु पूरा गर्न सकिदैंन, विस्तारै स्वास्थ्य अवस्था खस्किन सक्छ,’ सीएनबीसीको मेक इन कार्यक्रममा क्रेडिट लोनका क्रिएटीभ निर्देशक कोर्री कोलिटनले भनिन् । आप्mनो स्वास्थ्य अनि आपूmलाई माया गर्ने तथा हरेक दुःख सुखमा साथ दिने व्यक्तिलाई बढी महत्व दिँदा जीवनको हरेक क्षेत्रमा सफलता हात पार्न सकिने कोलिटनको धारणा छ । कोलिटन भन्छिन् : यस्ता व्यक्तिले काम गर्दा हरेक दिन आपूmलाई ताजा, विश्वस्त महसुस गर्छन् अनि काममा पूर्ण रुपमा दत्तचित्त भएर काम गर्न सक्छन् । यो तथ्य महिलामाभन्दा पुरुषमा बढी लागू हुने अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा कामलाई सर्वोपरी ठान्ने पुरुषभन्दा छोराछोरीलाई उच्च महत्व दिने पुरुषले वार्षिक औसत ६६ हजार ८ सय ८२ डलर कमाउँदा करियरलाई महत्व दिनेले ५० हजार ९ सय ७ डलर मात्रै कमाएको पाइयो । प्राथमिकताका हिसाबले फिट्नेस, वित्तीय स्वतन्त्रता, मित्रतालगायत कुरामा पुरुषहरुले करियरलाई पाँचौं स्थानमा राखेका छन् । महिलाहरुले करियरलाई परिवारपछि दोस्रो स्थानमा राख्ने गरेको पाइएको छ । यद्यपि, यी दुबैलाई महत्व दिनेमा तलबमा धेरै अन्तर भने छैन् । परिवारलाई सर्वाधिक महत्व दिनेले वार्षिक ४६ हजार ७ सय ९६ डलर कमाउँदा कामलाई सर्वोपरी ठान्नेले भने ४५ हजार ३ सय ४३ डलर कमाएको देखिएको छ । अनुसन्धानले अरुका लागि आप्mनो तलबको आहुति दिने इच्छा पुरुषमा भन्दा महिलामा धेरै पाइयो । सर्वेक्षणमा सहभागी महिलाहरुले छोराछोरीलाई बढी समय दिन आप्mनो तलब २० दशमलव १ प्रतिशत सम्म घटाउन सक्ने अभिव्यक्ति दिएका थिए । पुरुषहरुले भने छोराछोरीका लागि १२ प्रतिशत तलब आहुति दिन सक्ने बताएका थिए । सम्बन्ध र यससँग सम्बन्धित कुरालाई बढी महत्व दिनेको तुलनामा मनोरञ्जनलाई सर्वोपरी ठान्नेहरुले निकै कम कमाउने गरेको अनुसन्धानमा भेटिएको छ । परिवारलाई महत्व दिने महिलाको तुलनामा रमाइलोलाई प्राथमिकता दिनेको तलब ११ हजार ३ सय ४१ डलर कम भएको पाइएको छ । त्यस्तैगरी, परिवारलाई महत्व दिने पुरुषको तुलनामा रमाइलोलाई प्राथमिकता दिनेको तलब त झन २७ हजार १ सय ५९ हजार डलर कम हुने गरेको देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)