ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होमनाथ उपाध्याय

Sep 30, 2013  
जीवनशैली गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

होमनाथ उपाध्याय
अध्यक्ष, छाला जुत्ता तथा वस्तु उत्पादक सङ्घ नेपाल


दशैंमा ४० प्रतिशत व्यापार बढ्छ

दशैंको अवसरमा व्यवसायीले ल्याउने उपहार योजनाले व्यवसायमा कस्तो प्रभाव पार्छ ?
दशैं–तिहार नेपालीको सबैभन्दा ठूला पर्व हुन् । यस्ता चाडपर्वमा मानिसले नयाँ सामान खरीद गर्ने भएकाले कम्पनीहरूले पनि विभिन्न योजना सार्वजनिक गर्ने गर्छन् । पछिल्ला केही वर्षदेखि चाडपर्वका बेला योजना सार्वजनिक गर्ने प्रचलन संस्कारकै रूपमा विकास भइसकेको छ । केही कम्पनीहरू पुराना स्टक विक्री गर्न यस्तै समयको खोजीमा हुन्छन् । अहिले योजनाका नाममा लखपति र करोडपति बन्ने योजनाले ग्राहकको भावनामाथि खेलवाड भइरहेको छ । यस्ता अफरले ग्राहकमा भ्रम उत्पन्न गरेको छ । त्यस्तै केहीले सामानको मूल्य बढाएर छूट दिने गरेको पनि हामीले सुनेका छौं । नेपालमा उत्पादित जुत्तालगायत वस्तु क्लियरेन्सका रूपमा सेलमा आउन सक्छन् । तर, अरूले जस्तो ७० प्रतिशतसम्म छूट दिन भने सकिँदैन । दशैं–तिहारमा धेरैजसो नयाँ सामग्री नै किन्ने चलन छ । अफर नै नल्याउँदा पनि व्यापार भइरहेकै छ । सामानमा अफर दिएर पर्वलाई उत्सवका रूपमा मनाउन उत्पादक, विक्रेताहरूले साथ दिएका हुन् । दशैंमा अफरकै कारण पनि ४० प्रतिशतसम्म विक्री बढ्ने अपेक्षा गरेका छौं । भदौमा नयाँ कपडा तथा जुत्ता खरीद गर्ने ग्राहक दशैं नै पर्खेर बसेका पनि हुन्छन् ।

दशैंमा जुत्ता उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा कस्तो छ ?
उत्पादन तथा मूल्य उचित नभए कुनै पनि प्रकारको योजनाले ग्राहकलाई आकर्षण गर्न सक्दैन । उपभोक्ताले खरीद गर्ने निर्णय गरिसकेपछि मात्र योजनाका वस्तु उपहारस्वरूप दिने हो । योजनाकै कारण जुत्ता खरीद गर्ने भन्ने हुँदैन । सबै ब्राण्डका आफ्नै ग्राहक छन् । ग्राहक सचेत भइसकेकाले उनीहरूको रोजाइ गुणस्तर तथा मूल्यमा लक्षित रहन्छ । पछिल्लो समय बजारमा जुत्ता उत्पादक कम्पनीबीच केही अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।

नेपालमा स्वदेशी ब्राण्डका जुत्ताको बजारहिस्सा कति छ ?
नेपालमा हरेक वर्ष स्वदेशी जुत्ताको बजार बढिरहेको छ । विक्रीपछिको सुविधाका कारण पनि स्वदेशी उत्पादनप्रति ग्राहक आकर्षित भएका हुन् । अहिले नेपालमा खपत हुनेमध्ये ५५ देखि ६० प्रतिशत बजार नेपाली उत्पादनको छ । नेपालमा सञ्चालन भएको कुनै पनि उद्योगले मागअनुसारको उत्पादन गर्न सकेका छैनन् । नेपाली जुत्ता गुणस्तरीय तथा सस्तो भएकाले बजार बढ्दै गएको हो ।

बीएफ डियर हिल शुजले दशैं–तिहारको उपलक्ष्यमा कस्तो अफर ल्याएको छ ?
बीएफ डियर हिल शुज नेपालमा स्थापित ब्राण्ड हो । हामीले उपभोक्तालाई कुनै किसिमको भेदभाव नगरी अफर दिएका छौं । हामीले छूट तथा स्क्र्याच अफर योजना ल्याएका छैनौं । साथै डाइस्टार ब्राण्डसँगको सहर्कायमा विभिन्न सामग्री पनि उपलब्ध गराउने योजना ल्याएका छौं । बीएफ डियर हिल शुजको मुख्य विशेषता यसको गुणस्तर नै हो । यो जुत्ता सुविधायुक्त छ । यसको डिजाइन पनि उत्कृष्ट छ । यो शतप्रतिशत छालाद्वारा निर्मित जुत्तामा हामीले ६ महीनासम्मको वारेण्टी दिएका छौं । हामीले दैनिक १ सय जोर जुत्ता उत्पादन गर्दै आएका छौं । तर, अझै पनि विविध कारणले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौं । सेमी–अटोमेटिक प्रविधिद्वारा जुत्ता उत्पादन गर्छौं । अन्तरराष्ट्रिय गुणस्तरको जुत्ता उत्पादन गरी स्वदेशी जुत्ताप्रति नेपालीको आकर्षण बढाउनु हाम्रो मुख्य उद्देश्य हो । हामीले उत्पादन गरेका जेण्ट्स शुज धेरैले मन पराएका छन् । यसबाहेक स्कूल र कलेजमा प्रयोग हुने जुत्ता भने केटाकेटी दुवैका लागि उपयुक्त छ । हामीले उत्पादन गरेका जुत्ता देशका मुख्य शहरमा उपलब्ध छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)