ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्ध प्रदेश : समृद्ध देश

Sep 3, 2018  
वार्षिकोत्सव बिशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
तीन तहका निर्वाचनसँगै नेपाल राज्य सङ्घीय व्यवस्थामा प्रवेश गरेको छ । वर्षौंदेखिको राजनीतिक अस्थिरता र गरीबीबाट आजित भएका जनताले गत वर्षको निर्वाचनलाई राजनीतिक स्थायित्व, समृद्धि र विकासको प्रतिफल हासिल गर्ने अवसरका रूपमा लिए । निर्वाचनपछि गठन भएका ७ सय ६१ सरकार तथा हजारौं जनप्रतिनिधिहरूमा जनताका यी आकाङ्क्षा पूरा गर्नुपर्ने दबाब छ । यी सरकारहरू राज्यका अधिकारहरूको उपयोग गर्दै जनताका विभिन्न चाहना पूरा गर्ने अभियानमा अघि बढेका छन् । यसमा जनता र सरकारबीच सञ्चार हुनु आवश्यक छ । जनताका आकाङ्क्षा र सरकारका योजनामा तालमेल मिल्नु आवश्यक छ । जनताको समृद्धि र सुशासनको चाहनालाई समेट्दै हामीले यस विशेषाङ्कमा नेपालको सङ्घीयताको यात्रामा समृद्ध देश र समृद्ध प्रदेशका कार्यक्रम, योजना र सम्भावनाहरूलाई समेटेका छौं । यो विशेषाङ्कमा हामीले नेपालको वर्तमान अवस्था केलाएका छौं र सातै प्रदेशका समृद्धि हासिल गर्ने अवसर र योजनाहरूको विश्लेषण गरेका छौं । चाहे त्यो प्रदेश नम्बर एकको उद्योग, पर्यटन र कृषि समृद्धिको आधार होस् वा प्रदेश नम्बर ७ को प्राकृतिक स्रोतसाधनको उचित दोहन नै ७ नम्बर प्रदेश समृद्धिको भरपर्दो मार्ग किन नहोस् । उद्योग, कृषि, पर्यटन २ नम्बर प्रदेशको समृद्धि सूत्र होस् वा प्रदेश ६ को जडीबुटी र प्रकृतिको सुन्दरतासहितको पर्यटनको । यहाँ हामीले प्रदेश नम्बर ३ को नारा व्यवहारमा उतार्न कठिन, प्रचुर स्रोतको वरदान पाएको प्रदेशका कुरा पनि उठाएका छौं । प्रदेश नम्बर ५ को प्रदेशको समृद्धिको आधार ः उद्योग, कृषि र पर्यटन र गण्डकी प्रदेशको सरकारको विकास र समृद्धि सपना पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासमा जोडजस्ता विषय पनि समेटेका छौं । समृद्धिको यात्राको शुरुआती क्षणहरू राजनीतिक रूपमा चुनौतीपूर्ण छन्, तर दशकौंको कठिनाइपछि नेपालका आर्थिक सूचकाङ्कहरू तुलनात्मक रूपमा सुदृढ अवस्थामा छन् । यसले हामीलाई सुनौलो अवसर प्रदान गरेको छ । यदि हामीले विधिको शासन, आर्थिक अनुशासन र राजनीतिक इमान स्थापित गर्न सक्यौं भने नेपालको वर्तमान राजनीतिक स्थायित्व र आर्थिक अवस्था हामीलाई समृद्धिको यात्रा शुरू गर्नका लागि धेरै नै सहयोगी सिद्ध हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)