ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाक्षेत्रमा २०१८ : कुलिङ पिरियड लागू, एकीकृत बीमालेख जारी

Jan 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
७ दशक भन्दा लामो इतिहास पार गरेको नेपालको बीमाक्षेत्रका लागि सन् १०१८ उलब्धिमूलक रह्यो । अन्य वर्षको तुलनामा सन् २०१८ मा बीमाक्षेत्रमा आधारभूत उपलब्धि धेरै भए, जसले गर्दा यो वर्ष बीमाक्षेत्रका लागि ऐतिहासिक भएको देखिन्छ । विशेषगरी बीमा तालीम केन्द्र सञ्चालन र एकीकृत सम्पत्ति बीमा निर्देशिका जारी हुनुलाई २०१८ को महत्त्वर्ण उपलब्धि मानिएको छ । गत साउनदेखि सञ्चालित तालीम केन्द्रले बीमाक्षेत्रमा कार्यरत व्यक्तिको क्षमता अभिवृद्धिको काम गर्दै आएको छ । यस अनुसार यसले बीमा क्षेत्रलाई बलियो बनाउन मद्दत पुग्ने देखिन्छ । साथै यही पुसमा जारी सम्पत्ति बीमा निर्देशिकाले पनि निर्जीवन बीमाको पहुँच बढ्ने अपेक्षा गरिएको छ । बीमा समितिले यसै वर्षदेखि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ६ महीनाको कुलिङ पिरियड लागू गरेको छ । कुलिङ पिरियड लागू भएपछि सीईओहरूले एउटै कम्पनीमा लामो समयसम्म काम गर्ने सम्भावना रहन्छ । यस कारण आम बीमा कम्पनीहरू बलियो रूपमा अगाडि बढ्न सक्छन् । यसलाई पनि यस वर्षको उल्लेख्य कार्यको रूपमा लिइएको छ । यस वर्ष तीनओटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा आएका छन् । यसले बीमाको पहुँच विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यस्तै समितिले कृषिबीमा अन्तर्गत चियाखेतीको बीमा यसै वर्षदेखि लागू गरेको छ । साथै, समितिको तथ्यांकअनुसार यस वर्ष कृषिबीमाको पहुँच ४२ प्रतिशत बढेको छ । यस वर्ष लुघबीमाको दायरा पनि बढेको देखिन्छ । कम्पनीहरूले लघुबीमामा कम व्यवसाय हुनाले बेवास्ता गर्दै आएका थिए । तर, सरकारले कम्पनीको कुल बीमामा १० प्रतिशत लघुबीमाको हिस्सा हुनुपर्ने व्यवस्था गरेपछि हालसम्म यसको १४ हजारभन्दा बढी बीमालेख जारी भएको छ । नयाँ बीमा ऐन संसद्मा दर्ता बीमा समितिले करीब १२ वर्षअघि नयाँ बीमा ऐन ल्याउने अभ्यास शुरू गरेको हो । यद्यपि अस्थिर सरकारका कारण उक्त ऐनको मस्यौदा लामो समयसम्म विभिन्न मन्त्रालयमा रोकियो । तर उक्त मस्यौदाले यसै वर्ष संसद्मा प्रवेश पाएको छ । अब शीघ्र लागू हुने तयारीमा रहेको नयाँ ऐनले बीमा बजारको थप विकासमा मद्दत पुर्‍याउने देखिन्छ । अवैध धनमा रोक विगतमा केही मानिसले अवैध धनले पनि बीमा गर्ने गरेको पाइन्छ, जसले गर्दा बीमा कम्पनी अवैध धन लुकाउने ठाउँ भएको थियो । यस्तो विषयलाई दृष्टिगत गर्दै समितिले यसै वर्षदेखि बीमाशुल्कको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । साथै समितिले सम्पत्ति शुद्धीकरण विभागसँग साझेदारी गरेर यसलाई कार्यान्वयनको चरणमा लगिसकेको छ । बीमाको पहुँच ४% बढ्यो नेपालमा बीमा व्यवसाय शुरू भएको लामो समयसम्म यसको व्यावसायिक विस्तार हुन सकेन । तर, गतवर्ष ९ ओटा जीवन बीमा कम्पनीको आगमनसँगै यसको पहुँच पनि विस्तार हुँदै गएको छ । सन् २०१७ मा बीमाको पुहँच १० प्रतिशत थियो । तर यस वर्ष बीमाको पहुँच ४ प्रतिशत बढेर १४ प्रतिशतसम्म पुगेको छ । ६ लाख सञ्चयकर्ताको बीमा कर्मचारी सञ्चय कोषले यसै वर्ष आफ्ना ६ लाख सञ्चयकर्ताको सामूहिक रूपमा स्वास्थ्य बीमा गरिदिएको छ । कोषले गत कात्तिकमा साधारण औषधोपचारमा रू. १ लाख र घातक रोगको उपचारमा रू. १० लाखसम्मको दाबी गर्न पाउने गरी सञ्चयकर्ताको बीमा गरिदिएको हो । कोषको यस कार्यले बीमाको सेवासँगै दायरा पनि विस्तार हुने देखिन्छ । यो कार्यलाई पनि बीमाक्षेत्रको उपलब्धि मानिएको छ । पुनर्बीमा कम्पनी बलियो हुँदै नेपालको एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमाका लागि पनि यो वर्ष उल्लेख्य रह्यो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उक्त कम्पनीमा सबै बीमा कम्पनीले २० प्रतिशत बराबरको पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । यस अनुसार हाल पुनर्बीमा मार्फत विदेशिने रकम घटेको छ । साथै पुनर्बीमा कम्पनीको पनि व्यवसाय बढेको छ । सुविधायुक्त बीमा योजना सार्वजनिक परम्परागत बीमा योजना सीमित नेपाली बीमा बजारमा पछिल्लो समय आधुनिक योजना देखिन थालेका छन् । त्यो क्रम यो वर्ष पनि जारी रह्यो । विशेषगरी यस वर्ष बीमितलाई बढी फाइदा हुनेगरी प्राइफ लाइफले ‘जीवन उपहार’ र प्रभु लाइफले ‘श्री वृद्धि’ बीमा योजना सार्वजनिक गरे । यसबाट बीमितले बीमांकको ३ गुणा बढी फाइदा लिन सक्ने कम्पनीहरू बताउँछन् । यसैगरी एलआईसी नेपालले पनि यसै वर्षदेखि ‘पेन्शन बीमा योजना’ ल्याएको छ । अन्य बीमा कम्पनीहरूले पनि आधुनिक प्रकारका बीमा योजना ल्याएका छन् । यस्ता उपलब्धि हुँदा हुँदै पनि यस वर्ष बीमाक्षेत्रमा केही काम भने हुन सकेनन् । सर्वाेच्च अदालतले गत असारमा महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई इजाजतपत्र दिन आदेश दिएको थियो । तर अझै पनि उक्त कम्पनीले समितिबाट इजाजतपत्र पाउन सकेको छैन । साथै समितिले कम्पनीमाथि आवश्यकता अनुरूप नियमन गर्न सकेन । ३९ ओटा बीमा कम्पनी मध्ये यस वर्ष १० ओटाको मात्र नियमन भएको छ । समितिले घाँस, अदुवा लगायत बालीको बीमालेख लागू गर्ने उद्देश्य लिए तापनि हालसम्म त्यो हुन सकेको छैन ।
बीमाक्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउँछौ चिरञ्जीवी चापागाईं अध्यक्ष, बीमा समिति अन्य वर्षको तुलनामा सन् २०१८ समग्रमा उपलब्धिमूलक रह्यो । हामी यस वर्ष बीमा बजारमा आवश्यक तत्त्वको विकास गर्न सफल भयौं । यद्यपि अझै पनि धेरै काम गर्न बाँकी छ । सन् १०१९ मा नयाँ बीमा ऐनलाई सबैको अनुकूल हुनेगरी लागू गर्नेछौं । साथै लगानी निर्देशिका परिमार्जन गरेर बीमा बजारमा रहेको ४ खर्ब बराबरको पूँजी उत्पादनशील क्षेत्रमा लगानी गर्नेछौं । अहिले समितिमा आवश्यक जनशक्ति थपिसकेका छौं । अब नियमित रूपमा बीमा कम्पनीको नियमन गर्छौं । यस्तै बीमा बजारलाई थप बलियो र प्रभावकारी रूपमा अघि बढाउँछौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)