ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आगन्तुकको उपस्थितिले उत्साहित छौं

२०८० पुस, १६  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

एक्स्पो कत्तिको सफल रह्यो ?

आर्थिक मन्दीको अवस्थाले हामीलाई केही डर थियो । त्यही पनि उच्च मनोबलका साथ तयारीमा जुट्यौं । दर्शक कमै आउने सम्भावना देखेरै हामी त्यसै अनुसारको तयारीमा थियौं । तर अवलोकनकर्ताको उपस्थिति हामीले अपेक्षा गरेकोभन्दा चार गुणा बढी रह्यो । आर्थिक कारोबार पनि उत्तिकै उत्साहजनक देखियो । एक्स्पोभित्र मात्र नभएर चारैतिरको बाटोमा सिटी सफारीदेखि ठेलाका पसलले समेत एक्स्पो अवधिमा राम्रो कारोबार गरेका छन् । यसले हामीलाई उत्साह थपेको छ ।

मेलामा विराटनगर बाहिरका अवलोकनकर्ताको उपस्थिति कस्तो रह्यो ?

मेलामा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रह्यो । साथै छिमेकी जिल्लाबाट पनि दर्शकको उपस्थिति बाक्लो छ । छिमेकी मुलुक भारतबाट समेत अवलोकनकर्ताको सहभागिता रह्यो । मेलाप्रति उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौं ।

कतिपय एक्स्पोमा प्रवेश शुल्कका नाममा चर्को मूल्य असुल्ने गरेको पाइन्छ । तर यहाँहरूले १०० रुपैयाँ मात्र टिकटको मूल्य कायम गर्नुभयो, यसले आम्दानीमा असर गर्दैन ?

हामीले मेला अवधिमा दर्शकलाई १०० रुपैयाँको टिकट काटेर अवलोकन गर्ने अवसर दियौं । किनकि मोरङ व्यापार संघ नाफामुखी संस्था होइन । आम नागरिकले १०० रुपैयाँ तिरेर कम्तीमा आफूले ५०० रुपैयाँ तिरेर प्रवेश गरेजत्तिकै मनोरञ्जन लिन सकून् भन्ने हाम्रो चाहना हो । एउटा फिल्म हेर्न पनि कम्तीमा ३०० रुपैयाँ तिर्नुपर्छ । हामीले नाफा कमाउनेभन्दा पनि दर्शकले बढी मनोरञ्जन लिने कुरामा ध्यान दियौं । १५० रुपैयाँ टिकटदर कायम गर्ने कि भन्ने विषयमा पनि छलफल नभएको होइन । तर हामीले बढाएनौं । विद्यालय र क्याम्पसका विद्यार्थीलाई एक्स्पो अवधिभरि नि:शुल्क प्रवेश र अवलोकनको व्यवस्था मिलाइएको छ । यसले विराटनगरको आर्थिक चहलपहल बढेको छ । खर्च उठे मात्रै पनि हामी सन्तुष्ट हुन्छौं । घाटा भयो भने पनि हामीले व्यक्तिगत रूपमा उठाएर भएर पनि त्यसको पूर्ति गर्छौं ।

एक्स्पोमा व्यापारको अवस्था र दैनिक अवलोकनको तथ्यांक कस्तो छ ?

एक्स्पोमा राखिएका सबै सामग्री विक्री हुन्छन् भन्ने हुँदैन । प्राय:जसो गाडी, मोटरसाइकल र ठूला इक्वीपमेन्ट यहाँ आएर हेरेर, बुझेर कम्पनीको डिलरको ठेगाना लिई पछि अर्डर गर्ने पनि गरिन्छ । कतिपयले डिलर राख्ने सोच बनाएर पनि अवलोकन गरिरहेका हुन्छन् । उनीहरूले यसैलाई माध्यम बनाएर पछि डिलरसिप लिने पनि गर्छन् । यसैको माध्यमबाट कैयौं कम्पनीसँग वर्षाैंसम्म सम्बन्ध जोडिएको पनि हुन्छ । त्यसैले १२ देखि १४ करोड रुपैयाँको कारोबार भएको अनुमान गर्न सकिन्छ । दैनिक भिजिटर, टिकट, पास र विद्यार्थी समेतलाई जोड्ने हो भने अहिलेसम्म २ लाख ५० हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका छन् ।

मोरङ व्यापार संघ नवीकरण नभएको, एक्स्पोले कर नतिरेको र नि:शुल्क दिइने भनिएका स्टलमा शुल्क लिइएको भन्ने आरोप लाग्दै आएको छ नि ?

मोरङ व्यापार संघ नवीकरण गर्न र कर तिर्न सक्षम छ । राज्यले दिएको समय सीमाभित्रै तिर्दै पनि आएको छ । केही व्यक्तिले गलत मनसायले यस्ता हल्ला फैलाएका हुन् । आम नागरिकले हामीलाई सकारात्मक रूपमा लिएका छन् । १०० रुपैयाँको टिकटमा हामीले भरपूर मनोरञ्जन दिएका छौं । एउटा सेल्फी टावर निर्माणमा मात्र १२ लाख रुपैयाँ खर्च भएको छ । कलाकार ल्याउन लाखौं रुपैयाँ खर्च भएको छ । एक दिनमा तीनजना राष्ट्रिय कलाकारको उपस्थिति छ । कलाकारलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चेका छौं । अरू बेला कन्सर्ट हेर्न दर्शकले ५ हजार रुपैयाँको टिकट लिनुपथ्र्यो, जुन हामीले १०० रुपैयाँमा मनोरञ्जन दिएका छौं । स्टलमा सामान, खानेकुरा पनि सकेसम्म सुपथ मूल्यमा उपलब्ध गराइएको छ । पहाडका दूरदराजबाट आएका कृषिमा आधारित स्टललाई नि:शुल्क ठाउँ दिएका छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)