ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेला सोचेभन्दा बढी सफल भयो

२०८० पुस, १६  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

अर्थतन्त्र कठिन अवस्थामा रहेकै बेला मेला आयोजना गर्नुभयो । समग्रमा मेला कस्तो रह्यो ?

हो, कठिन अवस्थामा पनि चुनौती स्वीकारेर मेला आयोजना गरेका हौं । मेला अपेक्षा गरिएभन्दा धेरै राम्रो भयो । आर्थिक मन्दीको कारण धेरै खर्चमा कटौती गर्‍यौं । मेलामा राख्न सकिने धेरै राम्रा कुरा हुँदाहुँदै पनि राखेनौं । मानिस आउँछन् कि आउँदैनन्, स्टल विक्री हुन्छ कि हुँदैन भन्नेमा हामी शुरूका दिनमा सशंकित थियौं । तर सोचेभन्दा राम्रो भयो । सबै स्टल विक्री भए । पछि थप पनि गर्नुपर्‍यो । सम्पूर्ण कुरा सफल भयो । फुड स्टल, सांगीतिक कार्यक्रम, मेला अवलोकन लगायत सबै दृष्टिकोणले उत्साहजनक छ । महोत्सवको उद्घाटन नै प्रधानमन्त्रीले गर्नुभयो, त्यो नै सफलता हो । 

अघिल्ला वर्षहरूको तुलनामा यो मेलामा फरक के छ ? 

धेरै फरक छ । स्टलहरू राख्ने डोमको परम्परा हामीले नै शुरू गरेका हौं । एउटै ह्यांगरभित्र सबै स्टल अटाएका छौं । ठाउँ फराकिलो बनाएका छौं । स्टल घुम्दा फराकिलो बाटो पाउनुहुन्छ । एक–अर्कामा ठोक्किनु पर्दैन । केही नयाँ कुरा थपेका छौं । मेलामा मुर्रादेखि माछाको भुरासम्म राख्यौं । (मुर्रा भैंसी चाहिँ भीडभाड र चर्को ध्वनिका कारण धेरै दिन राख्न सकिएन) । मुर्रालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पनि निकै चाख दिएर हेर्नुभयो । गत वर्षभन्दा यसपटक सरसफाइमा विशेष ध्यान दिएका छौं । ४४ कठ्ठामा पुरै कार्पेट बिछ्याएका छौं । मेलाभित्र धूलोमा हिँड्नुपर्दैन । यो सुविधा पहिले थिएन ।

अहिलेसम्म कति दर्शक आए ? कति कारोबार भयो ?

कारोबार अहिले ठ्याक्कै भन्न सकिँदैन । तर आइतवारसम्ममा मेला २ लाख ५० हजारले भ्रमण गरिसके ।

मेलामा टिकट काटेर प्रवेश गरेपछि के के सुविधा पाइन्छ ?

सय रुपैयाँको टिकट काटेर भित्र प्रवेश गरेपछि आगन्तुकले किनेर लैजाने सामानमा पाउने छूट त छँदै छ, यहाँ मनोरञ्जन लिने र सांगीतिक कार्यक्रममा रमाउने विषय पैसामा तुलना नै हुँदैन । किनकि कलाकारको कन्सर्ट हेर्न पहिले हजारौं रुपैयाँ तिर्नुपर्नेमा एक्स्पोमा सय रुपैयाँमै दर्शकले नजिकैबाट हेर्न पाउँछन् । पाँचतारे होटलका खानादेखि जेरीपुरीसम्म एकै थलोमा किनेर खान पाइन्छ ।

मेलाले कर तिरेन, व्यापार संघ नवीकरण नै रहेनछ भन्ने कुरा पनि आएको थियो । त्यो साँचो हो ?

नवीकरण गर्ने, कर तिर्ने यो सबै प्रक्रियाका कुरा हुन् । समयसँगै हुन्छ । यो कुनै अपराध पनि होइन । प्रक्रियामा केही ढिलाइ भएको हो । यसलाई हामीले ठूलो विषय ठानेका छैनौं । यो सामान्य कुरा हो । सचिवालयले गर्ने नियमित काम हो । प्रक्रियामै थियो । केहीले मेलाको सफलता देखेर टिप्पणी गरेका मात्र हुन् । हामीले दिनुपर्ने स्टल नि:शुल्क दिएका छौं । कसैलाई देखाउन किन प्रचार गर्नु ? आधिकारिक निकाय आयो भने हामी तथ्यांक दिन तयार छौं ।

विद्यार्थीलाई नि:शुल्क प्रवेश दिनुभएको छ । १२ हजार विद्यार्थीले नि:शुल्क प्रवेश पाएको भनिएको छ । पहिले यस्तो थियो ?

हामीले विद्यार्थीका लागि पनि अवलोकन गर्ने अवसर दिएका हौं । धेरैओटा बिदा भएकाले उनीहरूले राम्रो अवसर पाएका हुन् । सबै कुरा अनुकूल भएकाले हामीले १२ हजारभन्दा बढी विद्यार्थीलाई नि:शुल्क अवलोकनको अवसर दिइसकेका छौं । यति बेला विद्यार्थीको परीक्षा पनि नभएको र छुट्टीको समय भएकाले उक्त अवसर दिएका हौं । नि:शुल्क रूपमा स्कूलले ‘स्टेज प्रोग्राम’ पनि गरिरहेका छन् । उनीहरूका लागि यो प्रतिभा प्रस्फूटनको अवसर समेत हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)