ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अंग्रेजी नयाँ वर्षमा छूटको लहर

Jan 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भवनाथ प्याकुरेल
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा विभिन्न कम्पनी र सुपर मार्केटहरूले आफ्नो सामानको विक्रीमा विभिन्न छूट तथा अफर ल्याएका छन् । छूट दिएर सामान बेच्दा उपभोक्ता आकर्षित हुने र पुराना सामानको मौज्दात पनि सकिने भाटभटेनीमा सेल्सको काम गर्ने एक कर्मचारीले बताइन् । खरीदमा छूट पाएकाले आफूले पहिले भन्दा धेरै सामान लिएको भाटभटेनीमा किनमेलका लागि आएका नक्सालका लाक्पा शेर्पाले बताए । बढी सामान पा पहिलेको भन्दा केही बढी लिएको बताए । यसरी छूट दिनेमा सुपरमार्केट र होटलहरू अगाडि देखिएका छन् । तर, निजीक्षेत्रका कम्पनीहरूले नेपाली नयाँ वर्षमा भन्दा अंग्रेजी नयाँ वर्षमा कम छूट दिने गरेको देखिएको छ । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपरमार्केटले स्नीकर चकलेट प्रतिप्याकेट ३ सय ७५ रुपैयाँमा विक्री गरिरहेको छ । कम्पनीले अन्य बेला यसलाई ४ सय विक्री गर्दै आएको छ । यस्तै पोन्ड नामक क्रिम १ सय ३२ मा विक्री हुँदै आएकोमा नयाँ वर्षको छूटसहित ११५ मा विक्री गरेको छ । १ सय १७ रुपैयाँ पर्ने एभरेस्ट ब्राण्डको मिट मसला १ सय ८ र प्रतिप्याकेट १ हजार १ सय ९४ पर्ने मोनल ब्राण्डको चामल १ हजार १ सय ३४ रुपैयाँमा बेचिरहेको छ । भारतीय ब्राण्डको चियामा १० प्रतिशत तथा कार्पेटमा ५० प्रतिशत छूट दिइएको छ । यस्तै २ सय २१ पर्ने नेसक्याफे कफी २ सय ८ मा विक्री भइरहेको छ । बिगमार्ट सुपरमार्केट बिगमार्ट सुपरमार्केटले सामान विक्रीमा छूट दिएको छ । कम्पनीले पापड, भुजिया, फेण्टा, कोक, हल्दीराम ब्राण्डका सामान, उपकार ब्राण्डको चिया, खाने तेल लगायत वस्तुमा १ देखि ५ प्रतिशतसम्म छूट दिएको बालुवाटार स्थित बिगमार्टले सुपरमार्केटले बताएको छ । होटल काठमाडौं, पोखरा चितवन लगायतका होटल आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । होटल एशोसिएशन अफ नेपाल (हान)ले नयाँ वर्षको अवसरमा १० लाखदेखि १५ लाख आन्तरिक पर्यटकले होटलको सेवा लिने बताएको छ । अंग्रेजी नयाँ वर्ष लक्षित गरी पर्यटकलाई होटल प्याकेजमा ४० प्रतिशतसम्म छूट दिइएको हानले जानकारी दिएको छ । पर्यटकलाई आकर्षित गर्न बाग्लुङका होटलले सोमवार (१ दिन) १ सय रुपैयाँमै होटलको कोठा उपलब्ध गराएका छन् । अटोमोबाइल नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवम् आईएमएस ग्रूप अन्तर्गत आईएमएस मोटर्सले पनि नयाँ वर्ष लक्षित ‘मेगा एक्सचेन्ज’ योजना ल्याएको छ । यो योजना अनुरूप ग्राहकले पुरानो गाडी सट्टापट्टा तथा नयाँ गाडी खरीद गर्दा ४ लाखसम्म छूट पाउने कम्पनीले जानकारी दिएको छ । यातायात बससेवा डटकमले निःशुल्क बस यात्रा गर्न सकिने योजना ल्याएको छ । जनवरी २, २०१९ सम्म लागू हुने योजनामा हरेक दिन गोलाप्रथाबाट पाँचजनाले शतप्रतिशत र अन्य पाँचजनाले ५० प्रतिशत क्यासब्याक पाउने कम्पनीका कर्मचारी तुलसी बोगटीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)