ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा अंग्रेजी वर्ष : पर्यटक भित्र्याउने उपयुक्त माध्यम

Jan 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
नेपालको पर्यटन क्षेत्र लगानीका लागि आकर्षक क्षेत्र बन्दै आएको छ । पछिल्लो समय पर्यटक आगमनले ‘रेकर्ड’ नै तोडेको छ । पर्यटन क्षेत्रमा आउन चाहने लगानीकर्ता यसबाट झनै उत्साहित भएका छन् । विभिन्न तथ्यांक हेर्दा सन् २०१८ नेपाली पर्यटन क्षेत्रका लागि सफल सिद्ध भएको छ । इतिहासमै पहिलोपटक करीब ११ लाख पर्यटन नेपाल भित्रिएका छन् । सरकारले वर्षौंदेखि १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि हाल आएर मात्र पूरा भएको छ । अंग्रेजी वर्ष तथा सांस्कृतिक महोत्सवले नेपालको पर्यटन क्षेत्रमा विशेष टेवा पुर्‍याएको छ । सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्नुका साथै सो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो सन्दर्भमा अंग्रेजी नयाँ वर्ष उक्त अभियानको प्रचार प्रसारका लागि पनि सहयोग हुन सक्छ । नेपालमा भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधताका कारण नै पर्यटकको आगमन बढिरहेको छ । विश्वभर मनाइने अंग्रेजी नयाँ वर्ष नेपालका लागि पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम बनेको छ । पहिले पहिले सांस्कृतिक तथा भौगोलिक विविधताका कारण नेपाल पर्यटकको रोजाइमा पर्ने गरेकोमा पछिल्लो समय नयाँ वर्ष मनाउन समेत यहाँ आउने पर्यटक बढेका छन् । नेपालमा मौलिक पर्व र उत्सव जस्तै अंग्रेजी वर्ष मनाउने प्रचलन बढेपछि बाह्य पर्यटक समेत उक्त अवसरमा यहाँ आउन थालेका हुन् । नयाँ वर्षको शुरुआत हुनेबित्तिकै घुमघाम गर्ने प्रचलन बढ्दो क्रममा छ । यसले नेपालको पर्यटन व्यवसायमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । पर्यटक आगमन बढाउन नयाँ वर्षमा हुने सांस्कृतिक मेला र महोत्सवहरूको समेत ठूलो सहयोग हुने गर्छ । पर्यटन प्रवर्द्धनमा केन्द्रित भएको नेपाल पर्यटन बोर्डले पनि नयाँ वर्षको अवसरमा विभिन्न महोत्सव आयोजना गर्दै आएको छ । संस्थाले विशेषगरी काठमाडौं, पोखरा, चितवन लगायत क्षेत्रमा विभिन्न पर्यटक लक्षित कार्यक्रम गर्ने गरेको छ । यसबाट आन्तरिक र बाह्य पर्यटक आकर्षित हुँदै आएका छन् । प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले समेत नेपाल बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । नेपालका विभिन्न स्थानहरू विश्व सम्पदाका रूपमा सूचीकृत छन् । यस्ता क्षेत्र पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन् । नेपालको पर्यटन क्षेत्रमा पूर्वाधारको पर्याप्त विकास हुन सकेको छैन । यद्यपि होटलहरूको सेवा र क्षमता विस्तार भएसँगै पर्यटकका लागि खाना, बसोवासको समस्या नहुने तर्क होटल व्यवसायीको छ । अहिलेकै अकुपेन्सीबाट २५ लाख पर्यटकलाई सेवा दिन सकिने होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष अमरमान शाक्य बताउँछन् । पर्याप्त हवाई सञ्जाल र स्तरीय सडक भए मात्रै छिमेकी देशहरू चीन र भारतबाट लाखौं पर्यटक भिœयाउन सकिने विज्ञहरूको भनाइ छ । पर्यटनका लागि पूर्वाधार नै महत्त्वपूर्ण भएकाले यसको विकासमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । नयाँ गन्तव्य पहिचानले विविधीकरणमा टेवा नेपाल प्रमुख पर्यटकीय गन्तव्य भएकोमा दुईमत छैन । तर यहाँको पर्यटन क्षेत्रमा विविधीकरणका साथै नयाँ गन्तव्यको पहिचान हुनु जरुरी छ । यही आवश्यकतालाई दृष्टिगत गरी सरकारले नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा सार्वजनिक गरेको छ । नयाँ गन्तव्य पहिचान गर्न नसकेको आरोप खेप्दै आएको सरकारलाई स्थानीय सरकारले समेत यसका लागि दबाब दिएको थियो । सार्वजनिक गरिएका नयाँ गन्तव्यमा पर्यटकको आकर्षण बढ्ने देखिएको छ । अहिले पर्यटकका लागि ‘हब’ मानिएका काठमाडौं, पोखरा, चितवन बाहेक अन्य जिल्ला तथा गन्तव्यमा पनि पर्यटक आगमन बढाउन यसले टेवा पुग्नेछ । यसबाट स्वाभाविक रूपमा ती क्षेत्रको विकास हुनुका साथै तथा त्यसबाट प्राप्त हुने लाभ जनस्तरमा पुर्‍याउन सकिन्छ ।
नयाँ वर्ष लक्षित ‘प्याकेज’ कार्यक्रम नै चलाउँछौंं समिर गुरुङ अध्यक्ष, ठमेल पर्यटन विकास परिषद् ठमेल पर्यटनको हबको रूपमा परिचित छ । वार्षिक ६ लाखभन्दा बढी पर्यटक ठमेलमा आउने गर्छन् । झन् नयाँ वर्षमा पर्यटकको आगमन बढी हुन्छ । हामी ठमेलमा नेपाली नयाँ वर्ष पनि मनाउँछौं । यो अवसरमा अहिले ‘नेपाल आइडल सिजन २’ का कलाकारको सहभागितामा सांगीतिक कार्यक्रम गरिएको छ । यस्तै, नयाँ वर्ष लक्षित विभिन्न ‘प्याकेज’ पनि छन् । ठमेलमै पाँचतारे होटलदेखि गेस्ट हाउस र पर्यटकीय स्तरका होटल छन् । यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भिœयाउने लक्ष्य प्राप्तिका लागि व्यवस्थित रूपमा पर्यटन गतिविधि हुनुपर्छ । पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग दीपकराज जोशी प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड नयाँ वर्ष मनाउने संस्कृति नेपालमा पनि बढ्दो छ । अंग्रेजी होस् वा नेपाली नयाँ वर्ष, यस्ता उत्सवमा सबै रमाउने गरेका छन् । यसले पर्यटकलाई एक–अर्को ठाउँ वा देश घुम्ने वातावरण बनाउँछन् । नयाँ वर्ष लगायतको उत्सवलाई दृष्टिगत गर्दै बोर्डले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारमा टेवा पु¥याउँछ । हामी आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै मेला, महोत्सव जस्ता गतिविधि सञ्चालन गर्दै आएका छौं । बोर्डको प्रमुख काम पर्यटन प्रवद्र्धन गर्ने भएकाले यस्ता कार्यक्रम प्राथमिकतामा पर्ने गरेका छन् । पर्यटक आगमन बढाउन यी सहयोगी पनि देखिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)