ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रका लागि सफल वर्ष : २०१८

Jan 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
सन् २०१८ नेपाली पर्यटन बजारका लागि नयाँ रकर्ड सहित महत्त्वपूर्ण वर्ष सावित भएको छ । यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै (११ लाखभन्दा बढी) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ को ११ महीनामै १० लाख १ हजार ९३० विदेशी पर्यटक नेपाल आएका थिए । यो संख्या डिसेम्बर ३१ अर्थात् २०१८ को अन्तिम दिन ११ लाख कटेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको आधिकारिक तथ्यांक अनुसार १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गतवर्षको तुलनामा १७ प्रतिशत बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यो वर्ष सबैभन्दा बढी पर्यटक आउने मुलुकमा भारत, चीन, अमेरिका, बेलायत र जर्मनी छन् । होटलमा ६ हजार बेड थपिँदै सन् २०१८ मा नेपालमा केही खास अन्तरराष्ट्रिय चेन होटल सञ्चालनमा आएका छन् भने कतिपय सञ्चालनको तयारीमा छन् । विश्वस्तरीय चेन होटलको आगमन र यो क्षेत्रमा भित्रिएको अर्बौं लगानीले पनि यो वर्ष होटल क्षेत्रका लागि सकारात्मक मान्नुपर्ने होटल एशोसिएशन नेपाल हानका अध्यक्ष अमरमान शाक्यको भनाइ छ । उनले कतिपय कमजोरी हुँदा हुँदै पनि पर्यटनमा केही आशा लाग्दा संकेत देखिएको बताए । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र सेफ एशोसिएशनको आयोजनामा सम्पन्न नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रम नेपाली पर्यटनका लागि नयाँ कोसेली भएको वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली मौलिक खानाका अभियन्ता कर्ण शाक्यको धारणा छ । यसले नेपाली मौलिक खानालाई विश्व बजारमा पु¥याएको उनको बुझाइ छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले होटलको ‘बेड’ संख्या ३७ हजार छ । सन् २०२० सम्म करीब ६ हजार बेड संख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौं उपत्यका र बाहिर गरी करीब १ दर्जन पाँचतारे होटल निर्माण भइरहेका छन् । पर्यटन उद्योगलाई समय सापेक्ष बनाउन सरकारले ४० वर्षपछि पुरानो पर्यटन ऐन प्रतिस्थापन गर्दै नयाँ ऐनको मस्यौदाका लागि सरोकारवालासँग छलफल गर्दै छ । पर्यटन विकासका लागि नयाँ ऐन आउनुपर्ने पर्यटन सम्बद्ध निकाय तथा व्यवसायीको माग थियो । उड्डयन क्षेत्रमा नयाँ उत्साह र उपलब्ध नेपाली हवाई उड्डयन क्षेत्रमा सरकारले मन्ट्रियल महासन्धि लागू गरेको छ । सन् २०१८ डिसेम्बर १५ देखि यो व्यवस्था लागू गरिएको हो । मन्ट्रियल महासन्धि लागू हुनुलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । यो महासन्धिले अन्तरराष्ट्रिय विमानमा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम ७ गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुगेको छ । यो महासन्धि खासगरी हवाई यात्रुको पक्षधर महासन्धिको रूपमा तयार भएकाले यसबाट नेपाली यात्रु लाभान्वित हुनेछन् । यस्तै यो वर्ष नेपाल र कम्बोडियाबीच सीधा हवाई उडान गर्ने सम्झौता भएको छ भने जापानसँग सम्झौता पुनरवलोकन भएको छ, जुन पर्यटन क्षेत्रका लागि उपलब्धिमूलक मानिएको छ । अब नेपाल भ्रमण वर्ष २०२० को तयारी यो वर्ष पर्यटक आगमन बढ्दै ११ लाख पुगेको छ । यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सकिने विश्वास बढेको पर्यटन सम्बद्ध निकाय तथा व्यक्तिको धारणा छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गर्नु आफैमा ठूलो पूर्वाधार भएको बताए । यसैको जगमा उभिएर सन् २०२० मा २० लाख पर्यटक भिœयाउनुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालले सन् २०१८ नेपाली पर्यटनका लागि सुखद मान्नुपर्ने बताए । अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन छवि सदृढ हुँदै गएको र यसले २०२० लाई सहयोग गर्ने उनको भनाइ छ । सन् २०१९ लाई आधार वर्ष मानेर काम अघि बढाइने र त्यसैको आधारमा सन् २०२० मा २० लाख पर्यटक भिœयाइने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)