ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भार्गव विकास बैंक : कम्पनी विश्लेषण (मंगलवार, २४ पुस २०७५)

Jan 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले २०७४/७५ को नाफाबाट शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । साथै, बैंकले आव २०७३÷७४ मा प्रस्ताव गरेको ५ दशमलव ५५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २९ प्रतिशत नगद लाभांश अझैसम्म वितरण गरेको छैन । उक्त वर्ष प्रस्ताव गरेको लाभांश पर्याप्त पूँजी नपुगेकाले वितरण गर्न ढिलाइ भएको बैंकले बताएको छ । सोमवार बैंकको शेयरमूल्य रू. १ सय ३४ मा खुला भएको छ । कारोबार अघिल्लो दिनको तुलनामा १ अंक बढेर रू. १ सय ३५ मा बन्द भएको छ । बैंकको १ वर्षको उच्च मूल्य रू. १ सय ८९ र न्यून मूल्य रू. १ सय २० रहेको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ८० कित्ता शेयर विक्री गर्ने माग थियो भने खरीद गर्ने माग देखिएको छैन । निष्कर्ष कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ०५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ०१ विन्दुमा छ भने उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. १ सय ३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय २४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)