ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि आईपीओ जारी गरेको घोराही सिमेन्ट इण्डष्ट्रीमा किन लगानी गर्ने ? (भिडियोमा हेर्नुहोस्)

२०८० जेठ, ३२  
समाचार कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

कस्तो छ त कम्पनीको समग्र अवस्था ?
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियमबापत  ३०० रूपैयाँ थप गरी प्रतिकित्ता ४०० रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यस्तै सर्वसाधारणका लागि भने प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियमबापत ३३५ रूपैयाँ थप गरी प्रतिकित्ता ४३५ रूपैयाँमा आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो । 

कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर बाँडफाँट गरिएको छ । प्रिमियम मूल्यसहितको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीहरूबाट पूर्ण आवेदन नपरेको अवस्था छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता,सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गरेको हो । 

सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो  आईपीओको विक्री अवधि असार ४ गतेसम्मको लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार १४ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्ययम आधारको संकेत गर्ने केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्युअरदेखि केयर एनपी डी इस्युअरसम्मको रेटिङ प्रदान गर्ने गर्दछ । केयर एनपी ट्रिपल ए इस्युअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्युअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।

कम्पनीको परिचय :
२०६४ साल साउन २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको यो कम्पनी २०७७ साल फागुन २३ गते पब्लिक लिमिटेडमा परिणत भई सञ्चालनमा रहेको छ । क्लिंकर उत्पादन गर्ने उदेश्य भई ठुला उद्योगको रुपमा यो कम्पनी २०६५ साल भदौ ५ गते उद्योग विभागमा दर्ता भएको थियो । यस उद्योगले पछि उत्पादन विविधिकरण अन्तर्गत सिमेन्ट उत्पादन उदेश्य थप गरेको हो । २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत यस कम्पनीले क्लिंकर उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आवश्यक पर्ने चुनढुङ्गा सुनिश्चितताका लागि मालारानी माईल्स एण्ड मिनरल्स प्रालिमा शतप्रतिशत लगानी गरेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा रहेको छ भने कारोबार गर्ने स्थान दाङ जिल्ला घोराही उप–महानगरपालिका वडा नम्बर ४ घोराहीमा रहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ । २०७८ साल साल मंसिर २८ गतेदेखि व्यवसायिक रुपमा सिमेन्ट बोराको प्याकिङ र विक्रीको कार्य सूचारु गरिएको थियो । 
पूँजी संरचना:
अधिकृत पूँजी ६ अर्ब ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रूपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी भने ३ अर्ब १७ करोड ७५ लाख २० हजार ५०० रूपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रूपैयाँ कायम हुनेछ । ८० प्रतिशत संस्थापक तर्फ शेयर स्वामित्व कायम यस कम्पनीले सर्वसाधारणतर्फ २० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
वित्तीय अवस्था:
यो कम्पनी सञ्चित नाफामै रहेको छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४ अर्ब २ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको पौष मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ अर्ब ३ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७ अर्ब १३ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रूपैयाँ ६१ पैसा छ । चालू आर्थिक वर्षको अत्यसम्म भने कम्पनीले प्रतिशेयर नेटवर्थ २७९ रूपैयाँ ५९ पैसा पु¥याउने प्रक्षेपण समेत कम्पनीको छ ।
सञ्चालक समिति:
यस कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा पुरुषोत्तम लाल संघई रहेका छन् । अध्यक्ष संघईले कम्पनीको संस्थापकतर्फको ३२ लाख ४१ हजार ३५० कित्ता शेयर कायम गरेका छन् । ७८ वर्षका संघई यस अघि पनि विभिन्न कम्पनीहरूमा अध्यक्ष पदमा रही काम गरिसकेका छन् । कम्पनीको सञ्चालकहरूमा भने गोविन्द लाल संघई , आदित्य संघई, हर्षबर्धन संघई र त्रिलोक चन्द्र अग्रवाल रहेका छन् ।
दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउला मूल्य ?

धितोपत्र प्राथमिक बजारमा विक्री गरी कम्पनीको यो आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउँनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता २२६ रूपैयाँ ६१ पैसादेखि अधिकतम प्रतिकित्ता ६७९ रूपैयाँ ८३ पैसासम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)