ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ अंकले घटेको बजारमा पाँच कम्पनीको शेयर मूल्यमा सर्किट, ३ अर्बभन्दा बढीको कारोबार

२०७९ माघ, १५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १४ दशमलव ६८ अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक २ हजार १६८ दशमलव ५३ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ८२ लाख ७६ हजार ७५१ कित्ता ५१ हजार ९७३ पटकमा रू. ३ अर्ब १ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  

केही दिनदेखि पर्ख र हेरको अवस्थामा रहेको बजारमा आइतवार विक्रेता हाबी भएको देखिन्छ । आज पहिलो घण्टाको कारोबार अवधिमा खरीदकर्ता आए पनि अन्तिममा विक्रेता नै हाबी भए । 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पैसा तान्न थालिसकेको छ । यसले आगामी दिनमा ब्याजदर घट्ने संकेत गर्छ । त्यसैले शेयर बजारको आगामी यात्रा सकारात्मक रहनेमा जानकारहरू विश्वस्त छन् । 

आइतवार कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव शून्य ९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२४ मा झरेको छ । त्यस्तै दोस्रोमा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव शून्य ८ प्रतिशत घटेर रू. ९०१ दशमलव ६० कायम भएको छ । 

आइतवार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ९ करोड ९९ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१६ कायम भएको छ । त्यस्तै दोस्रोमा हिमालय उर्जा विकास कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल पर्यटन समूहको शून्य दशमलव २० प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)