ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० % लाभांश वितरण गर्ने प्रस्ताव गरेको हिमालयन डिष्टीलरीको आधारभुत तथा प्राविधिक विश्लेषण

२०७९ मंसिर, १९  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन डिष्टीलरीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा  वीरगञ्ज महानगरपालिका वडा नं २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुँदैछ । । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस आधारमा पुस १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । आइतवार कम्पनीको रू. ६ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९४० कायम भएको हो ।  

यस कम्पनीको शेयर मूल्य ५२ हप्ताको उच्च विन्दु प्रतिकित्ता रू. ७ हजार १९५ पुगेको थियो भने न्यून मूल्य रू. २ हजार ८२५ सम्म झरेको थियो । यस अवधिमा दिर्घकालिन तथा  अल्पकालिन लगानीका लागि उत्तम समय रहेको जानकारहरु बताउँछन् ।  आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्षभन्दा यस वर्ष लाभांश दर घटेको छ । 

चार आर्थिक वर्षमा कम्पनीले शेयरधनीलाई कुल ३७१ दशमलव शून्य ५ प्रतिशत लाभांश दिएको छ । जसमध्ये १७५ प्रतिशत बोनस शेयर र २१७ दशमलव १ प्रतिशत नगद लाभांश अन्तरिम लाभांश सहित ,कर सहित वितरण गरेको हो । त्यसैगरी कम्पनीले आव २०७४/ ७५ मा शेयरधनीलाई ६८ दशमलव ४२ प्रतिशत अन्तरिम लाभांश दिएको थियो ।

आर्थिक वर्ष पूरा नहुँदै बीचमै कम्पनीले आफ्नो शेयरधनीलाई दिने लाभांशलाई अन्तरिम लाभांश भनिन्छ । सामान्यतया कम्पनीले नियामक निकाय र वार्षिक साधारणसभाबाट पारित भएको लाभांशमात्र शेयरधनीलाई वितरण गर्छन् भने अन्तरिम लाभांश सञ्चालक समितिले निर्णय गरेर बाड्न सकिन्छ । तर, यसलाई भविष्यमा हुने पहिलो वार्षिक साधारण सभाबाट अनुमोदन गराउनुपर्छ ।

यसको अर्थ के हुन्छ भने आर्थिक वर्षको अन्त्यमा कम्पनीको मुनाफा उच्च हुने र त्यसबाट बाँडिने अन्तिम लाभांश रकम अन्तरिम लाभांशभन्दा बढी नै हुनेमा सञ्चालक समिति पूर्ण विश्वस्त हुन्छ ।

कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. २१ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ११ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २१ करोड १२ लाख नाफा कमाएको थियो । 
 

चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण :


 विगत पाँच वर्षमा दिएको लाभांश विवरण 


प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र 


४ सेप्टेम्बर २०२२                                                                                      ४ डिसेम्बर २०२२
५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । यद्धपि कम्पनीको ४ करोबार दिनको आकृतीलाई हेर्दा यही  मूल्यमा टेवा पाएर माथि जान खोजेको जस्तो पनि देखिन्छ । 
आरएसआई

४ सेप्टेम्बर २०२२                                                                                      ४ डिसेम्बर २०२२
: ५२ दिनको कारोबार अवधिमा आरएसआई ६५ दशलमव ०५ बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।  
     स्ट्याण्र्ड डेभिएसन


                                                                              
४ सेप्टेम्बर २०२२                                                                                      ४ डिसेम्बर २०२२
: ५२ दिनको कारोबार अवधिमा स्ट्याण्डर्ड डेभिएसन १३ दशमलव ०३ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ  । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ । 
मुभिङ एभरेज

४ सेप्टेम्बर २०२२                                                                                      ४ डिसेम्बर २०२२

: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको बीचमा रहेको छ ।    यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । आइतवारको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९४० देखि सस्तिएमा  रू ३ हजार ६२१ मा टेवा पाउने र मंहगिएमा रू. ४ हजार ६६ मा प्रतिरोध पाउने देखिन्छ । 
( हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)