ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पनि अन्तिम प्रहरमा किन घट्यो शेयर बजार ?

२०७९ माघ, ९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ७१ अंकले घटेर २ हजार १६५ दशमलव १० विन्दुमा झरेको छ । 

यस दिन कारोबारमा आएका २५७ धितोपत्रको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता ६५ हजार १९४ पटकमा रू. ३ अर्ब ८६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । दिनभरिको कारोबार समयलाई हेर्दा शुरूवाती चरणमा बजार सकारात्मक बन्दै गएको थियो । परिसूचक २ हजार २०२ विन्दुसम्म पुगेर बिस्तारै ओरालो लागेर बन्द हुनुअघि दोहोरो अंकले घटेको छ ।

पछिल्लो समय ट्रेडरहरू बढी हाबी हुने गरेको देखिन्छ । उनीहरूले केही दिन बजार बढ्ने बित्तिकै प्रोफिट बुक गरिहाल्छन् । ट्रेडरहरूले प्रोफिट बुक गरेपछि पुनः तल्लो विन्दुमा शेयर खरीद गर्नेहरू पर्खेर बसेका हुन्छन् ।

सोही कारण पनि बजारमा सामान्य करेक्सन आएको लगानीकर्ता बताउँछन् । यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सीडी रेशियो र अन्तर बैंक ब्याजदर घटिरहेका छन् । त्यसैले बजारको आगामी यात्रा सकारात्मक रहेको जानकारहरू बताउँछन् । 

कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

आदर्श लघुवित्तको शेयर मूल्य रू. ९३३, सानिमा जिआईसी इन्स्योरेन्सको रू. ४०४ दशमलव २०  र कुमारी बैंकको शेयर मूल्य रू. २०८ दशमलव ५० पुगेको छ ।

त्यस्तै सोमवार हिमालयन हाइड्रोपावरका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव ७९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९२ दशमलव ५० मा झरेको छ । त्यस्तै लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ७ दशमलव १९ प्रतिशत घटेर रू. २८४ कायम भएको छ ।

सोमवार कुमारी बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २७ करोड ४८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंकको रू. १२ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ६६ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशमलव ४२ प्रतिशतले घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)