ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

२०७९ चैत, ९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ । 

त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ । 

दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन । 

बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो ।

सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ । 

बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ । 

बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो । 

बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् ।

यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् ।

लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)