ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंक लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, २४ पुस २०७५)

Jan 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्ष ४० प्रतिशत हकप्रद जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशनमा तोकेबमोजिम रू. ८ अर्ब चुक्तापूँजी पुर्‍याएको बैंकले यस वर्ष राम्रो लाभांश दिनेमा लगानीकर्ताहरू आशावादी देखिएका थिए । आइतवार नेप्सेमार्फत बैंकले गतवर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव २६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावबाट असन्तुष्ट लगानीकर्ताले आफ्नो शेयर विक्री गरी अन्तै नाफा सुरक्षित गर्ने योजना रहेको देखिन्छ । आइतवार प्रस्ताव सार्वजनिक भएको दिन २ सय ८० पटकको व्यापारमा १ लाख ५ हजार ४ सय ४० कित्ता शेयर कारोबार भएको थियो । त्यस दिन शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ रुपैयाँ घटेको थियो । बैंकको १ वर्षको कारोबार अवधिमा उच्च मूल्य रू. २ सय ५८ र न्यून मूल्य रू. १ सय ७६ छ । सोमवारको कारोबारमा अन्तिम मूल्य रू. २ सय ४५ कायम भएको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको सोमवार भएको कारोबारको अन्तिम समयसम्म ७ हजार १ सय २८ कित्ता शेयर विक्री गर्ने माग रहे पनि खरीदका लागि कुनै पनि माग थिएन । निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इभिनिङ स्टार बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकतिले बियरिश ट्रेन्डमा रिभर्सल हुने उच्च सम्भावनालाई औंल्याउँछ । सो अवधिको कारोबारमा बैंकको आरएसआई न्युट्रल जोन ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको ४ दशमलव ३० विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थाको संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ४८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २ सय २७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)