ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, २४ पुस २०७५)

Jan 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत लाभांश रद्द भएको छ । राष्ट्र बैंकबाट स्वीकृति नपाएपछि ४० प्रतिशत लाभांश रद्द भएको हो । कम्पनीले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांशको लोभमा परेर शेयर किनेका शेयरधनी मारमा परेका छन् । आइतवार कम्पनीले लाभांश रद्द भएको सूचना जारी भएपछि कम्पनीको शेयरमूल्य ५० अंक घटेको थियो । यसबाट लगानीकर्ताले राष्ट्र बैंकबाट स्वीकृति भएपछि मात्र शेयर किन्नुपर्ने पाठ सिकेको बताएका छन् । सोमवार कम्पनीको शेयरमूल्य रू. ८ सय ८ मा खुला भएको छ । कारोबार अघिल्लो दिनको तुलनामा १७ अंक बढेर रू. ८ सय २५ मा बन्द भएको छ । कम्पनीको १ वर्षको उच्च मूल्य रू. १ हजार ९९ र न्यून मूल्य ७ सय ९० रहेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १४ हजार ३ सय २९ कित्ता शेयर खरीद र ६ हजार ५ सय ८६ सय कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३५ दशमलव ६३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १८ दशमलव ४३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ८ सय २५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ५८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८ सय १५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)