नेपाल इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, २४ पुस २०७५)
Jan 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले पूँजीवृद्धिका लागि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । मङ्सिर ५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद स्वीकृतिका लागि निवेदन दिएको कम्पनीले स्वीकृति पश्चात् ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता शेयर जारी गर्नेछ । हाल रू. ६१ करोड ७६ लाख ३९ हजार पूँजी रू. १ अर्ब १ करोड ९१ लाख ५८ हजार पुग्नेछ । हकप्रद स्वीकृतिको प्रक्रियामा रहँदै गर्दा दोस्रो बजारमा विगत ४ दिनदेखि कारोबार रकममा भने कमी आइरहेको छ । कम्पनीको १ वर्षको कारोबार अवस्थालाई हेर्दा उच्च मूल्य रू. १ हजार ४ सय १० र न्यून मूल्य रू. ४ सय ६५ रहेको छ । सोमवार कम्पनीको अन्तिम मूल्य रू. ५ सय ६१ कायम भएको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म ६ हजार ३ सय ५६ कित्ता शेयर खरीद र १ हजार ५ सय ९६ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ५५ दशमलव ५० स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ९३ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम न्यून हुन्छ भने प्रतिफल पनि न्यून हुने गर्छ । सोही अवधिको कारोबार अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिंदै गएका छन् । हालको शेयरमूल्य यी दुई रेखाको बीचमा छ । सोमवारको शेयरमूल्य रू. ५ सय ६१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ५ सय २० मा टेवा पाउने देखिन्छ ।