ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिथिला लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, २५ पुस २०७५)

Jan 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस वर्ष मिथिला लघुवित्तले लगानीकर्तालाई बोनस र हकप्रद शेयर वितरण गर्दै छ । कम्पनीको मङ्सिर १९ गतेको सञ्चालक समितिको बैठकले गतवर्षको मुनाफाबाट १० दशमलव ४५ प्रतिशत बोनस र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने अनुमति पनि पुस १३ गते पाइसकेको छ । हाल रू. ६ करोड ५९ लाख ७७ हजार चुक्तापूँजी रहेको यस कम्पनीले ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद विक्री गर्न अनुमति पाएको हो । मंगलवार कम्पनीको शेयर कारोबार रू. ९ सय ४१ मा शुरू भएर अन्तिम मूल्य रू. ९ सय २७ कायम भएको छ । यस दिन अघिल्लो दिनको तुलनामा कम्पनीको शेयरमूल्यमा १४ अंक कमी आएको छ । मंगलवार कम्पनीको शेयर उच्च मूल्य रू. ९ सय ५० र न्यून मूल्य रू. ९ सय ९७ कायम भएको छ । प्राविधिक विश्लेषण विक्री चाप : मंगलवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ६ सय ७ कित्ता शेयर विक्री र २ सय कित्ता शेयर खरीद गर्ने माग छ । निष्कर्ष कम्पनीको २८ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बढ्ने र घट्ने निश्चित गर्दैन । यहाँ अन्योलको स्थिति सृजना हुन्छ । यस्तो अवस्थामा लगानीकर्तालाई ‘पर्ख र हेर’ भन्ने संकेत दिएको बुझिन्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ६१ दशमलव ३६ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको २१ दशमलव ८२ विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थालाई संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ९ सय २७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९ सय २१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)