प्रिमियर इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २५ पुस २०७५)
Jan 9, 2019
 
लगानी
कम्पनी विश्लेषण
निर्जीवन बीमा कम्पनीलाई चुक्तापूँजी रू. १ अर्ब पुर्याउन बीमा समितिले निर्देशन दिएको हो । सोहीअनुसार कम्पनीले पूँजीवृद्धिका लागि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ जारी गरेको थियो । एफपीओ जारी गरेपछि शेयरधनीलाई १३ दशमलव ५२ प्रतिशत बोनस शेयर जारी गरी कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख पुगेको छ । अझै बीमा समितिले तोकेको चुक्तापूँजी पुगेको छैन । पूँजीवृद्धिका लागि कम्पनीले बोनस शेयर वितरण गर्ने हल्लाले शेयरमूल्य बढेको हो । केही दिनयता सबैभन्दा बढी कारोबार गर्ने उत्कृष्ट १० मा कम्पनीभित्र प्रिमियर इन्स्योरेन्स परेको छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. १ हजार १० मा खुला भएर अघिल्लो दिनको तुलनामा १० अंक बढ्दै रू. १ हजार २० पुगेको छ । १ कम्पनीको शेयरमूल्य १ वर्षको अवधिमा उच्च रू. १ हजार ४ सय र न्यून मूल्य रू. ७ सय १० छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ९ हजार ५ सय ४३ कित्ता शेयर खरीद र २ हजार ७४ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव १० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १२ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. १ हजार २० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९ सय ९६ मा टेवा पाउने देखिन्छ ।