ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपि पावर : कम्पनी विश्लेषण (बिहीवार, २६ पुस २०७५)

Jan 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

अपि पावर कम्पनीले पुस २४ गते वार्षिक साधारणसभाको आयोजना गरी गतवर्षको मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनीले २ सय प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । हाल कायम रू. १ अर्ब १३ करोड ४० लाख चुक्तापूँजीको आधारमा कम्पनीले उक्त बोनस वितरण गर्नेछ । दार्चुला जिल्लामा बग्ने नौगढ गाड खोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन गरिरहेको कम्पनीले ८ मेगावाटको अपर नौगढ गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । साथै, ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनको विद्युत् खरीद सम्झौताको प्रक्रियामा छ । आगामी वर्षदेखि अपर चमेलियाको निर्माण कार्य शुरू गर्ने कम्पनीको लक्ष्य छ । यस आयोजनाबाट व्यापारिक उत्पादन गर्न थालेपछि कम्पनीले वार्षिक ३० प्रतिशत लाभांश दिन सक्ने क्षमता कायम हुने कम्पनीको विश्वास छ । बुधवारको रू. १ सय ५२ मा खुलेको कारोबार अधिकतम रू. १ सय ५७ र न्यूनतम रू. १ सय ५० सम्म कारोबार भई अन्तिम मूल्य रू. १ सय ५४ कायम भएको छ । अघिल्लो दिनको तुलनामा शेयरमूल्य २ अंक बढेको छ ।

प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १० हजार ३ सय ५० कित्ता शेयर खरीद ७ हजार १ सय ५१ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा होमिङ पिजन बुलिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ३१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल छ भने २६ दिने औसत मूल्यरेखासँग जोडिएको छ । पछिल्लो शेयरमूल्य रू. १ सय ५४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ५२ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)