ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक : कम्पनी विश्लेषण (बिहीवार, २६ पुस २०७५)

Jan 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । बुधवार बैंकको शेयर कारोबार रू. ८ सय ३७ मा खुला भएर अघिल्लो दिनको तुलनामा ३ अंक घट्दै रू. ८ सय ३४ मा बन्द भएको छ । १ वर्षको अवधिमा बैंकको शेयरमूल्य सबैभन्दा धेरै रू. १ हजार १ सय १२ र न्यून मूल्य रू. ८ सय ३४ छ ।

प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ हजार ९ सय ७० कित्ता शेयर खरीद गर्ने माग र २ हजार ५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३१ दशमलव ९० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ३६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ८ सय ३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ६६ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)