ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक : कम्पनी विश्लेषण (बिहीवार, २६ पुस २०७५)

Jan 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

संस्थापकतर्फ नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल बैंकले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न संस्थापकतर्फको शेयर प्रिमियममा विक्री गरेको थियो । बैंकले प्रतिकित्ता रू. २ सय ८० मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता शेयर विक्री गरेकोे हो । केही दिनयता बैंक शेयरमूल्य उत्कृष्ट भएका १० कम्पनीभित्र परेको छ । बैंकले लाभांश दिने हल्लाका कारण बैंकको शेयरमूल्य बढेको हो । बुधवार पनि बैंकको रू. ४ करोड ८६ लाखबराबरको शेयर कारोबार भएको छ । बंैकको शेयर कारोबार प्रतिकित्ता रू. ३ सय ७ मा खुला भएर १ अंक बढ्दै रू. ३ सय ८ मा बन्द भएको छ । बैंकको १ वर्षको अवधिमा सबैभन्दा उच्च मूल्य रू. ३ सय ६८ र न्यून मूल्य रू. २ सय ८० पुगेको छ ।

प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १ लाख १३ हजार २ सय ४१ कित्ता शेयर खरीद गर्ने माग र ५५ हजार ७ सय १२ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा मुनाफा आर्जन गर्न सकिन्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ९८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय १२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ४ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)