ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्यान्डर्ड चार्टर्ड बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २७ पुस २०७५)

Jan 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
अघिल्लो वर्षमा शत प्रतिशत बोनस शेयर वितरण गरेर चुक्तापूँजी रू. ८ अर्ब पुर्‍याएको कम्पनीले २०७४/७५ मा १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांश मात्र प्रस्ताव गरेपछि कम्पनीको शेयरमूल्यमा धेरै कमी आएको छ । कम्पनीले अघिल्लो वर्षमा शत प्रतिशत लाभांश वितरण गरेकाले यसपालि पनि बोनसको आशमा बसेका लगानीकर्ता निराश भएर शेयर बेच्न थालेपछि मूल्य घटेको हो । प्रस्तावित १७ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले माघ ७ गते साधारणसभाको आयोजना गर्दै छ । पुस २६ गतेसम्म शेयर स्वामित्व कायम लगानीकर्ताले उक्त नगद लाभांश पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य ३ अंक बढेर रू. ६ सय ८ मा बन्द भएको छ । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य उच्चतम रू. १ हजार ३८ र न्यूनतम रू. ५ सय ५० पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ हजार १ सय ९७ किा शेयर खरीद गर्ने माग र ६ हजार ९ सय २४ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । सोही अवधिको कारोबारमा बैंकको आरएसआई न्युट्रल जोन ४५ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको २ दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढाबले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थालाई संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय २५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)