उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २७ पुस २०७५)
Jan 11, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले ५ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस २० गते स्वीकृति पाएको छ । कम्पनीले ५ बराबर १ अनुपातमा रू. सय अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ । साथै, कम्पनीले ४० दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य ३६ अंक बढेर रू. १ हजार ८ सय ६० पुगेको छ । कम्पनीको ८ महीनाको कारोबार अवधिमा शेयरमूल्य उच्चतम रू. २ हजार २ सय ५० र न्यूनतम रू. ५ सय ६ छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ७ हजार १ सय २८ कित्ता शेयर खरीद र १ हजार १ हजार १ सय ६५ शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिश ट्रेन्डमा रिर्भस हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ६८ दशमलव २९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको ७ दशमलव ९८ विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थालाई संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ हजार ८ सय ६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ९ सय मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार ७ सय ३० मा टेवा पाउने देखिन्छ ।