ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल दूरसञ्चार कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २९ पुस २०७५)

Jan 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

अघिल्लो वर्ष प्रतिकित्ता रू. ५५ का दरले नगद लाभांश बाँडेको नेपाल दूरसञ्चार कम्पनीले २०७४÷७५ मा मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर रू. ५५ का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल सरकारबाट स्वीकृत भएर कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य २ अंक बढेर रू. ७ सय ३२ पुगेको छ । १ वर्षको अवधिमा कम्पनीको उच्च मूल्य रू. ८ सय र न्यून मूल्य रू. ७ सय रहेको थियो ।

प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म १७ हजार ४ सय ६५ कित्ता शेयर खरीद र ७ हजार ९ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बुलिशमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३४ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४१ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ७ सय ३२ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ सय ९७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७ सय ३० मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)