कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि पुस २९ गते (आइतवार) साधारणसभा आयोजना गरेको छ । पुस १० गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य रू. ५ सय ४९ मा खुला भएको छ । अघिल्लो दिनको तुलनामा २ अंक घटेर रू. ५ सय ४७ मा बन्द भएको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य सबैभन्दा बढी रू. ६ सय ९३ र न्यून मूल्य रू. ५ सय ४७ रहेको छ ।
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ७ हजार २ सय ८९ कित्ता शेयर खरीद र ५ हजार ९ सय ५७ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गरेमा राम्रो मुनाफा आर्जन गर्न सकिन्छ । आरएसआई अभोरसोल्ड जोन २६ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५ सय ७१ मा प्रतिरोध पाउने देखिन्छ ।