कम्पनीको शतप्रतिशत हकप्रद शेयर जारी भइरहेको छ । यो हकप्रद शेयर जारीपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी साधारणसभाबाट पारित भएछि शेयरधनीले पाउनेछ । बिहीवार कम्पनीको शेयरमूल्य २ अंक घटेर रू. ७ सय ९६ मा बन्द भएको छ । कारोबार भएको ५ महीनामा कम्पनीको शेयरमूल्य सबैभन्दा बढी रू. १ हजार ५ सय ५० र न्यून मूल्य रू. ५ सय ९७ रहेको छ ।
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म १ हजार ३ सय ७० कित्ता शेयर खरीद र १ हजार १ सय ५० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ३६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ७ सय ९६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय ५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय ६५ मा टेवा पाउने देखिन्छ ।