ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कस्ता श्रमिक लाभान्वित हुन्छन् ?

Jan 14, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने भएपछि आम श्रमिकमा खुशीसँगै अन्योल देखिएको छ । अब कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्न मिल्छ कि मिल्दैन, त्यहाँ जम्मा भएको रकम के हुन्छ भन्ने उनीहरूको अन्योल हो । सरकारले निजीक्षेत्रका श्रमिकलाई पनि पेन्सन योजनामा लैजाने उद्देश्यले यो कार्यक्रम ल्याएको हो । त्यस्ता कम्पनीमा आगामी साउन १ गतेदेखि नियुक्त हुने श्रमिकको कर्मचारी सञ्चय कोषमा जाने पैसा सामाजिक सुरक्षा कोषमा जाने योजना बनाइएको छ । तोकिएको सुविधा प्राप्त गर्न श्रमिकले सामाजिक सुरक्षा कोषमा न्यूनतम १५ वर्षसम्म योगदान रकम बुझाउनुपर्ने हुन्छ । उमेर तथा सेवा अवधिका कारण पुराना कर्मचारीको उक्त मापदण्ड नपुग्न सक्छ, जसले गर्दा हालसम्म पुराना श्रमिकलाई यो कार्यक्रममा सहभागी गराउने नीतिगत व्यवस्था गरिएको छैन । त्यसैले उनीहरूको पैसा कर्मचारी सञ्चय कोषमै पठाइरहन सकिन्छ । यसबाट पुराना श्रमिकले सञ्चय कोषमा रहेको पैसा के हुने भन्ने चिन्ता गर्नु आवश्यक देखिँदैन । साथै कोषले बीमांकीय विश्लेषण गरेर आवश्यक मापदण्ड पुग्न सक्ने पुराना श्रमिकलाई कार्यक्रममा सामेल गराउने व्यवस्था पनि गरेको छ । त्यस्ता श्रमिकले भने सञ्चय कोषमा भएको आफ्नो पैसा के हुन्छ भनेर सोच्नुपर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि उनीहरू सञ्चय कोषमा रकम पठाउन पाउँदैनन् । तर आगामी असारसम्म सञ्चय कोषमा जम्मा हुने उनीहरूको पैसा के हुन्छ भन्ने विषयमा कुनै व्यवस्था गरिएको छैन । साउनपछि सञ्चय कोषमा आबद्ध नहुँदा उनीहरूको पैसा त्यहाँ रोकेर राख्नुकोे अर्थ देखिँदैन । साथै त्यो पैसा सामाजिक सुरक्षा कोषमा ल्याउँदा पनि सञ्चय कोषलाई अन्याय हुने देखिन्छ । हाल सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र श्रम मन्त्रालयबीच यस्तो द्विविधा हटाउने प्रयास भने भइरहेको छ । कर्मचारी सञ्चय कोषले पुराना श्रमिकलाई आफ्नोमै निरन्तरता दिनुपर्ने माग राखेको छ । ‘सामाजिक सुरक्षा कोषले दिने सुविधा सञ्चय कोषबाटै प्रदान गर्न तयार छौं,’ कोषमा विभागीय प्रमुख अर्जुन गौतमले भने, ‘तर सञ्चय कोषमा आबद्ध भइसकेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा लैजानु न्यायपूर्ण देखिँदैन ।’ पुराना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध बनाए पनि जम्मा भइसकेको उनीहरूको पैसा सञ्चय कोषलाई नै परिचालन गर्न दिइनुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषले पनि पुराना श्रमिकको कर्मचारी सञ्चय कोषमा रहेको पैसा फिर्ता नल्याउने बताएको छ । उनीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि सञ्चय कोषमा रहेको पैसा त्यहाँको प्रशासनिक निमय अनुसार परिचालन गर्न दिइने कोषले बताएको छ । व्यक्तिगत कर्जा मिल्छ कि मिल्दैन ? कर्मचारी सञ्चय कोषबाट श्रमिकले जम्मा भएको रकमको ८० प्रतिशत बराबरको व्यक्तिगत कर्जा पाउँछन् । यस्तो कर्जा सामाजिक सुरक्षा कोषबाट पाइन्छ कि पाइँदैन भन्ने विषयमा श्रमिकमा जिज्ञासा उत्पन्न भएको छ । कोषकी प्रवक्ता रमा भट्टाराईका अनुसार व्यक्तिगत कर्जा दिनु सामाजिक सुरक्षाको अवधारणा भन्दा फरक विषय हो । त्यस कारण कोषबाट व्यक्तिगत कर्जा प्रदान गरिनेछैन । ‘सामाजिक सुरक्षा कोष ऐन २०७४ मा व्यक्तिगत कर्जा लिन पाउने व्यवस्था छ,’ उनले भनिन्, ‘तर हामीले यसलाई प्राथमिकतामा राखेका छैनौं ।’ कोषको रकम पूर्वाधार विकास र राष्ट्रिय महत्त्वको क्षेत्रमा लगानी गरिने उनले बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)