प्राइम कर्मशियल बैंक : कम्पनी विश्लेषण (मंगलवार, १ माघ २०७५)
Jan 15, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । सोमवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा २ अंक घटेर रू. ३ सय २८ मा बन्द भएको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको उच्च शेयरमूल्य रू. ३ सय ४५ र न्यून मूल्य रू. २ सय ७५ रहेको छ ।
प्राविधिक विश्लेषणविक्री चाप : कम्पनीको सोमवार भएको कारोबारको अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ८ हजार कित्ता शेयर विक्री गर्ने र ५ हजार ७ सय ७६ कित्ता शेयर खरीद गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४८ दशमलव ३४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको २ दशमलव ९९ विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थाको संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ३ सय २८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ३५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय २४ मा टेवा पाउने देखिन्छ ।