ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १ माघ २०७५)

Jan 15, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले शेयरधनीलाई २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । कम्पनीले पूँजीवृद्धिका लागि शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको हो । पुस ३० गते हकप्रद शेयर जारी गर्ने निर्णय गरेपछि कम्पनीको शेयरमूल्य बढेको छ । सोमवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ७० अंक बढेर प्रतिकित्ता रू. १ हजार १ सय ३४ पुगेको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको उच्च मूल्य रू. १ हजार ८ सय ३० र न्यून मूल्य रू. ७ सय ७५ छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको सोमवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ हजार ४ सय ९८ कित्ता शेयर खरीद गर्ने र २ हजार १७ कित्ता शेयर विक्री गर्ने माग छ । निष्कर्ष कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ६९ दशमलव २१ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको ३९ दशमलव ७३ विन्दुमा छ । उतारचढाव न्यून छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थाको संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ हजार १ सय ३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ९ सय ६५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)