भूकम्प जाँदा घरको मूल खाँबोलाई अँगालेर ‘मेरो, मेरो’ भन्नुपर्छ भन्ने परम्परागत भनाइ छ । त्यसैगरी कतिपय स्थानमा भूकम्प आउँदा भकारीबाट नभुलीकन माना वा पाथीले धान निकाल्दै भित्र हाल्दै गरे आउँदो बालीको धान धेरै फल्छ भन्ने पनि भनाइ छ । ठाउँ अनुसारका यस्ता अन्य धेरै भनाइ छन्, जसले भूकम्पका बेला घरभित्र हुँदा सुरक्षित तथा होसपूर्ण रहने उपाय दिएका छन् ।
जतिबेला उक्त भनाइहरू बने त्यतिबेलाका घरहरू काठ तथा माटोढुंगाबाट बनेका हुन्थे । घरको सबैभन्दा बलियो चिज मूल खाँबो घर पूरै भत्किँदा पनि सोभैm उभिइरहने हुन्थे, जसले गर्दा भूकम्पका बेला आत्तिएर भाग्दा माथिबाट खस्ने ढुंगामाटोका साथै सामानहरूले लागेर चोटपटक लाग्न सक्थ्यो भने मूल खाँबो अँगालेर बस्दा जोगिने सम्भावना हुन्थ्यो । त्यसैगरी भूकम्पको धक्का लामो समय नरहने हुँदा नबिराईकन धान निकाल्ने राख्ने विधि गर्दा होशमै रहन तथा धक्का रोकिएपछि विस्तारै निस्किई सुरक्षित स्थानमा पुग्न सकिन्छ ।
तत्कालीन समयका संरचनालाई ध्यानमा राखी बनाइएका यस्ता भनाइ संरचनाको परिवर्तनसँगै केही मात्रामा परिवर्तन हुँदै जानुपर्छ । तर ती भनाइका मर्मलाई भने कायम राख्नुपर्छ । जस्तै– मूल खाँबो अँगाल्नुबाट सुरक्षित स्थानमा बस्नु र धान निकाल्नुलाई धैर्यपूर्वक बस्नु भन्ने मर्म आजका समयमा पनि आत्मसात् गर्न सकिन्छ ।
भूकम्प सुरक्षासम्बन्धी सचेतनामा भनिने एउटा भनाइ छ, ‘भूकम्पले नभई हामीले निर्माण गरेका संरचनाका कारण दुर्घटना हुन्छ ।’ यो वास्तविकतालाई मनन गर्न सके हामी सुरक्षित घर तथा भवन बनाउनेतर्फ लाग्छौं । साथै संरचना निर्माणका बेला हरेक व्यक्तिको जीवनकालमा कम्तीमा एक पटक (हालसम्मको आँकडा हेर्दा) आउने भूकम्पबाट सुरक्षित रहने उपाय अवलम्बन गर्न थाल्छौं ।
पछिल्लो अर्थात् २०६२ वैशाख १२ गतेको भूकम्प र त्यस लगत्तैका परकम्पका कारण ८ हजार ८ सयभन्दा बढीको मृत्यु भएको तथा २२ हजार भन्दा बढी घाइते भएको तथ्यांक छ । भविष्यमा आउन सक्ने यस्तै वा योभन्दा खतरनाक भूकम्पबाट जोगिन पछिल्लो भूकम्पमा भएका क्षतिको अध्ययन तथा प्रतिवेदन प्रकाशन गर्ने काम विभिन्न क्षेत्रबाट भएका छन् ।
स्वास्थ्य अनुसन्धान तथा विकास मञ्च, वेस्टर्न वाशिङ्गटन विश्वविद्यालय, ब्रिटिश कोलम्बिया इन्स्टिच्युट अफ टेक्नोलोजी र युटा विश्वविद्यालय समेतको सहकार्यमा सेभ द चिल्ड्रनले पनि एक प्रतिवेदन तयार गरेको छ । यसमा ‘गोरखा’ भूकम्पमा भएका मानवीय क्षति (मृत्यु) तथा चोटपटक (घाइते) हुनुका कारणको लेखाजोखा गरी तथ्यांक प्रस्तुत गरिएको छ । अध्ययनले भूकम्पको बेला हडबड गरी भाग्नेलाई सबैभन्दा बढी, यथास्थानमा रहनेलाई मध्यम र ओत लागेर बस्नेलाई सबैभन्दा कम चोटपटक लागेको देखाएको छ ।
भूकम्पमा परी मृत्यु हुनेमध्ये ७५ प्रतिशतको टाउको, ५८ प्रतिशतको छाती, ४२ प्रतिशतको ढाड तथा ४१ प्रतिशतको खुट्टामा चोट लागेको तथ्यांक छ । यसबाट भूकम्पका बेला लाग्ने घातक चोटपटकबाट जोगिन, टाउको, छाती र गर्धन जोगाउनु महत्वपूर्ण हुने निस्कर्ष निस्किएको छ ।
उक्त भूकम्पले राम्रोसँग बनाइएका, ६ तलाभन्दा होचा तथा आरसीसी गरिएका भवनमा खासै क्षति नपु¥याएको अध्ययनले देखाएको छ । त्यसैगरी भूकम्प प्रभावित ५ सय घरपरिवारका १ हजार ८ सय ५५ मानिसमाथि गरिएको उक्त अध्ययनमा ओत लागेर बसेका मध्ये कसैको पनि मृत्यु नभएको पाइएको छ । सेभ द चिल्ड्रेनको उक्त प्रतिवेदन सीमित मानिसमाथि अध्ययन गरी निकालिएको हुँदा यसलाई सामान्यीकरण गर्न त मिल्दैन । तर पनि भूकम्पबाट कसरी सुरक्षित हुन सकिँदो रहेछ भन्ने मार्गदर्शन भने अवश्य गर्दछ ।
भूकम्प कहिले र आफू कस्तो अवस्थामा हुँदा आउँछ भन्ने टुंगो हुँदैन । त्यसैले सम्भावित दुर्घटनाको जोखिमबाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ :
आफू घर बाहिर हुँदा भूकम्प आए निम्न उपाय अपनाउन सकिन्छ :
भूकम्प आएका बेला घरभित्र भए यी उपाय अपनाउँदा जोखिम कम हुन सक्छ :