ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेन्सन पाउन ६० वर्षको उमेर हद

Jan 17, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षा योजना अन्तर्गतको ‘पेन्सन योजना’मा ६० वर्ष नपुगी अवकाश भए तत्कालै पेन्सन नपाइने भएको छ । सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा आशंका उब्जिरहेको बेला सरकारले बीचमै अवकाश हुन खोज्नेहरूका लागि तत्कालै पेन्सन सुविधा नदिने भएको हो । कसैले बीचमै काम छोडेर पेन्सन सुविधा लिन खोजे त्यो नमिल्ने सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपालले बताए । तर सरकारी कर्मचारीले भने अवकाश भएपछि तत्कालै पेन्सन सुविधा पाउँछन् । निजीक्षेत्रमा कार्यरत श्रमिकका लागि मात्रै सरकारले यस्तो नीति लिएको स्पष्ट भएको छ । ‘श्रमिकले ५० वर्ष काम गरेर पेन्सन लिन खोज्यो भने पाउँदैन,’ निर्देशक नेपालले भने, ‘किनकि यो ६० वर्ष पुगेपछि मात्रै पेन्सन पाउने स्कीम हो ।’ ५० वर्षको उमेरसम्म निजले गरेको योगदानको हिसाब गरेर ६० वर्षपछि भने त्यस्ता श्रमिकले पेन्सन पाउने उनको भनाइ छ । सामाजिक सुरक्षा ऐनको दफा २ को उपदफा (१) बमोजिम ६० वर्ष पूरा भएका श्रमिकलाई जीवनभर यस्तो सुविधा दिने भनिएको छ । अवकाश हुँदाका मितिसम्म जम्मा भएको कुल योगदानमा प्रतिफल समेत थप गरीहुने कुल रकमलाई १८० ले भाग गर्दा हुने रकम जीवनकाल भर मासिक भुक्तानी पाउने उल्लेख छ । तर बीचमै अवकाश भएमा के गर्ने भन्नेबारे स्पष्ट छैन । नियम अनुसार नै कर लाग्ने सामाजिक सुरक्षा योजनामा समावेश हुने श्रमिकले लिने स्ुविधामा सरकारले आयकर अनुसार नै कर काट्ने भएको छ । यसबारे ऐनमा कतै उल्लेख नभए पनि आन्तरिक राजस्व विभागले कानून अनुसार कर काट्ने निर्देशक नेपालले जानकारी दिए । कोषका अनुसार योसँगै हरेक सुविधामा आयकरसम्बन्धी कानून लाग्नेछ । हाल कानून अनुसार ६ प्रतिशत कर कटाएर सुविधा दिने गरिएको छ । हाल सञ्चय कोष, नागरिक लगानी कोषमा जम्मा भएको रकम सरकारी कमर्चारीले एकमुष्ट लिँदा पनि कर काटिने गरिएको छ । यो नियम सामाजिक सुरक्षा योजनामा पनि लागू हुनेछ । रोजगार छुटेको सुविधा उपभोग गर्न पाइने सामाजिक सुरक्षा योजनामा रोजगार छुटेको ६ महीनासम्म सुविधा उपभोग गर्न पाइने भएको छ । कम्पनी छाडेर रोजगार नपाएसम्मको अवधिमा औषधिउपचारको हकमा ६ महीना योगदान भएको हुनैपर्ने र त्यस्ता श्रमिकले अर्को ६ महीनासम्म निःशर्त सुविधा पाउनेछन् । रोजगार शुरू गरेसँगै योगदान पनि शुरू हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)