बैंक अफ काठमान्डु : कम्पनी विश्लेषण (आइतवार, ६ माघ २०७५)
Jan 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १७ गते साधारणसभा आयोजना गरेको छ । पुस २९ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य घटेको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य उच्च रू. ४ सय ७ र न्यून मूल्य रू. २ सय ५० रहेको छ । बिहीवार कम्पनीको शेयरमूल्य १ अंक घटेर रू. २ सय ६४ मा बन्द भएको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ७ हजार १५ कित्ता शेयर खरीद गर्ने माग र ४ हजार ५ सय २३ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन आइडेन्टिकल थ्री क्रश बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने उच्च छ । कम्पनीको आरएसआई ओभरसोल्ड जोन १६ दशमलव ५३ विन्दुमा छ । यसले विक्री चाप बढी रहेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएशन कम्पनीको २९ दशमलव ९५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढावले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्था संकेत गर्दछ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्य रेखा यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३ सय ३२ मा प्रतिरोध पाउने देखिन्छ ।