ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ६ माघ २०७५)

Jan 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले १३ दशमलव ५ प्रतिशत बोनस शेयर (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य बढेको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको उच्च शेयरमूल्य रू. १ हजार ५ सय २० र न्यून मूल्य रू. ५ सय ९४ रहेको छ । बिहीवार कम्पनीको शेयरमूल्य १४ अंक घटेर रू. ६ सय ९८ मा बन्द भएको छ । बिहीवार रू. ७ सय १२ मा खुला भएको थियो । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । यस अवधिसम्म ९ हजार १ सय ६९ कित्ता शेयर विक्री र ९ हजार ८२ कित्ता शेयर खरीद गर्ने माग छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ५८ दशमलव ६६ स्केलमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ७४ बिन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम न्यून हुन्छ भने प्रतिफल पनि न्यून हुने गर्दछ । सोही अवधिको कारोबार अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य यी दुई रेखाको बीचमा छ । बिहीवारकोे शेयरमूल्य रू. ६ सय ९८ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सय ६४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)