ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (सोमवार, ७ माघ २०७५)

Jan 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आव समेतको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पुस २९ गतेको साधारणसभाबाट पारित गरेको छ । गत वर्ष २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको यस कम्पनीले यस वर्ष भने लाभांश घटाएको छ । अघिल्लो आवमा रू. ४ करोड ५४ लाख २ हजार मुनाफा गरेको यस कम्पनीको गत आवमा भने रू. ३ करोड २७ लाख ६ हजार मात्र नाफा भएको छ । नाफामा कमी आएकाले यस वर्ष लाभांश घटेको देखिन्छ । यो कम्पनीले पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी १ सय २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गराएको छ । हाल रू. १६ करोड २० लाख ६ हजार चुक्तापूँजी रहेको यस कम्पनीको हकप्रदपछि रू. ३६ करोड ४५ लाख १३ हजार पुग्नेछ । यस कम्पनीले ५४ ओटा जिल्लामा १ सय शाखा तथा उपशाखा कार्यालय मार्फत ८७ हजार ५ सय ९५ विपन्न घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले दोस्रो त्रैमासमा रू. १ करोड ३ लाख २३ हजार खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा गत आवको भन्दा ४३ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८१ लाख ६९ हजार खुद नाफा गरेको थियो । यो त्रैमासमा सञ्चालन मुनाफामा करीब ४५ प्रतिशत कमी आएकाले पनि नाफा घटेको देखिन्छ ।
  • चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको तुलनामा कम्पनीको जगेडा कोष रकममा करीब ३ प्रतिशत मात्र वृद्धि देखिएको छ । गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड ४४ लाख रहेको जगेडा कोष रकम चालू आवको दोस्रो त्रैमासमा रू. ९ करोड ७० लाख १७ हजार पुगेको छ ।
  • चालू आवको दोस्रो त्रैमासमा कम्पनीले गत आवको सोही अवधिको तुलनामा निक्षेप ६१ प्रतिशत र कर्जा प्रवाह साढे २१ प्रतिशत बढाएको छ । यस अवधिमा कम्पनीको निक्षेप रू. ८६ करोड ४४ लाख ५ हजार र कर्जा प्रवाह रू. २ अर्ब ४५ करोड ४९ लाख २२ हजार छ ।
  • कम्पनीको कुल सम्पत्तिमा गत आवको भन्दा २४ प्रतिशत वृद्धि देखिएको छ । हाल उसको कुल सम्पत्ति रू. ३ अर्ब २ करोड ५३ लाख ३ हजार छ ।
  • गत आवको भन्दा २१ प्रतिशत बढाएर रू. २१ करोड ६७ लाख ४४ हजार ब्याज आम्दानी गरेको कम्पनीले ब्याजमा ३१ प्रतिशत बढी रू. १२ करोड ७२ लाख २९ हजार खर्चिएको छ ।
  • सम्भावित जोखिम शीर्षकमा गत आवको भन्दा ५२ प्रतिशत बढी रू. २ करोड २२ लाख ७५ हजार रकम छुट्याएको छ ।
  • पूँजीकोष लागत १० दशमलव शून्य ८ प्रतिशत र पूँजीकोष पर्याप्तता १० दशमलव १२ प्रतिशत छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १२ दशमलव ७४, मूल्य आम्दानी अनुपात वार्षिक रू. ९० दशमलव १६, प्रतिशेयर नेटवर्थ रू. १ सय ५९ दशमलव ८८, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ८ सय ६७ दशमलव ४० र तरलता अनुपात १७ दशमलव ९६ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.००३४ गुणा
  • अर्निङ यिल्ड रेशियो : १.१४ प्रतिशत
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समय सम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ सय २ कित्ता शेयर विक्री र ८ सय ७० कित्ता शेयर खरीद गर्ने माग छ ।

निष्कर्ष कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन कुन गतिमा अघि बढ्ने भन्ने अन्योल रहेको संकेत गर्छ । यस्तो अवस्थामा लगानीकर्तामा ‘पर्ख र हेर’को स्थिति सृजना भएको छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ९६ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८९ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ हजार १ सय २० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार २ सय १४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार १ सय १० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)