ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुन कर्जा कति र कसरी ?

Jan 22, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । सहुलियतपूर्ण कर्जाको मूल ध्येय देशमै रोजगारी सृजना गर्नु हो । यसबाट देशमा उद्यमशीलताको विकास हुने, नेपाली शीप र क्षमता स्वदेशमै उपयोग हुने र समग्रमा अर्थतन्त्रमा टेवा पुगी देश समृद्धितर्फ लम्कने अपेक्षा गरिएको छ । यसका लागि आवश्यक कार्यविधिको तर्जुमा गरी तदनुरूप सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ । कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसाय प्रवद्र्धन, उत्पादन एवं रोजगारी बढाउन, शिक्षित बेरोजगार युवालाई मुलुकभित्रै उद्यम सृजना गर्न, विदेशबाट फर्केका युवालाई उनीहरूले विदेशमा आर्जन गरेको शीप र व्यावसायिक दक्षता उपयोग गर्दै स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न र दलित समुदायको परम्परागत शीप/पेशाको आधुनिकीकरण एवं प्रवद्र्धनका लागि समेत सहुलियत कर्जा महत्त्वपूर्ण हुने राष्ट्र बैंकको अपेक्षा छ । सहुलियतपूर्ण कर्जा सात प्रकारका छन् । यो कर्जाका सीमा, योग्यता र शर्तहरू यस प्रकार छन् : व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सीमा : बढीमा रू. ५ करोडसम्म
  • व्यक्तिको हकमा १८ वर्ष उमेर पूरा भएको ।
  • रू. १० लाखभन्दा कमको सामूहिक जमानी कर्जाको हकमा कर्जा जमानी सम्बन्धी कागजात ।
  • रू. १० लाखभन्दा बढी कर्जाका लागि अनिवार्य रूपमा संस्था र रू. १ करोडभन्दा बढी कर्जाका लागि अनिवार्य रूपमा कम्पनी हुनुपर्ने ।
  • संस्था वा कम्पनीको हकमा नेपाली नागरिकको शतप्रतिशत शेयर स्वामित्व रहेको ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव, तर १० लाखभन्दा बढी कर्जाका लागि ऋणीको विस्तृत परियोजना प्रस्ताव ।
शिक्षित युवा स्वरोजगार कर्जा सीमा : रू. ७ लाखसम्म
  • कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र ४० वर्ष उमेर ननाघेको ।
  • विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित
  • सार्वजनिक सूचीमा निज अध्ययन गरेको विश्वविद्यालय समावेश भएको ।
  • घरेलु तथा साना उद्योग कार्यालय, शीप विकास तालीम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् लगायत सरकारी
  • निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने शीप विकास तालीम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि
  • त्यस्तो संस्थामा शीप विकास तालीम लिएको प्रमाण पेश गरेको ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव ।
वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा सीमा : रू. १० लाखसम्म
  • श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महीना सम्बन्धित क्षेत्रमा काम गरी स्वदेश फर्केको । तर नेपाल बाहेक अन्य
  • कुनै पनि देशको स्थायी बसोवासको स्वीकृति प्राप्त व्यक्तिलाई यस्तो कर्जा प्रदान गरिनेछैन ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव ।
  • विदेशबाट फर्केको ३ वर्ष पूरा नभएको ।
महिला उद्यमशीलता कर्जा सीमा : रू. १५ लाखसम्म
  • १८ वर्ष उमेर पूरा भएको महिला वा समूहको हकमा फरक परिवारका कम्तीमा पाँचजना महिला ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव ।
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।
दलित समुदाय विकास कर्जा सीमा : रू. १० लाखसम्म
  • दलित समुदायको १८ वर्ष उमेर पूरा भएको वा समूहको हकमा उक्त जात–जातिभित्रका फरक परिवारका कम्तीमा पाँचजना हुनुपर्ने ।
  • उद्यम सञ्चालन ता कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव ।
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।
उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा सीमा : रू. ५ लाखसम्म
  • माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरी २५ वर्ष उमेर नकटेको ।
  • आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी ।
  • स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने ।
भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा सीमा : रू. ३ लाखसम्म
  • नेपाल सरकारले निजी आवास अनुदान दिए बाहेक अरू संस्थागत अनुदान नपाएको ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवास निर्माण शुरू गर्न नसकेका भूकम्प पीडित ।
  • ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर नभएको ।
उल्लिखित कर्जाहरूका लागि आवश्यक कागजात :
  • सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत् रूपमा भरिएको कर्जा आवेदन फाराम ।
  • प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव, महिला उद्यमशीलता कर्जा बाहेक १० लाख रुपैयाँभन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव ।
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वघोषणा ।
  • सामूहिक जमानीको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।
  • शिक्षित युवा स्वरोजगार कर्जाको हकमा शैक्षिक प्रमाणपत्रको सक्कल प्रति र शीप विकास तालीम लिएको प्रमाणपत्रको प्रतिलिपि ।
  • वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाको हकमा राहदानी, प्रवेशाज्ञाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा सोको प्रतिलिपि, निवेदक विदेशमा गई कम्तीमा ६ महीना सम्बन्धित क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवासको स्वीकृति प्राप्त व्यक्ति नभएको स्वघोषणा ।
  • उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको हकमा आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिश र अध्ययन गर्ने शैक्षिक संस्थामा भर्ना भएको वा हुनयोग्य रहेको खुल्ने कागजातको प्रतिलिपि ।
  • भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवास निर्माण शुरू गर्न नसकेका भूकम्प पीडितको कागजातको प्रतिलिपि र धितोको हकमा सोसम्बन्धी कागजात ।

कर्जाको भुक्तानी अवधि सहुलियतपूर्ण कर्जा लिएर ऋणीहरूले बढीमा ५ वर्षभित्र कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर यस्तो कर्जाको अवधि व्यवसायको प्रकृति अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोक्न सक्नेछन् । कर्जा भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तर लगायत आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था छ । ब्याजदर एवं शर्त नेपाल सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्नेछ । कर्जाको ब्याज बाहेक अन्य कुनै पनि प्रकारको सेवाशुल्क लिन पाइनेछैन । गुनासो अनिवार्य सुनुवाइ बैंक तथा वित्तीय संस्थाले सबै प्रावधान पूरा गर्दा पनि कर्जा नदिएमा ग्राहकले नेपाल राष्ट्र बैंकमा उजुर गर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सुनुवाइका लागि [email protected] मा ईमेल गर्न सकिनेछ । साथै ०१–४४११४०७ नम्बरमा सम्पर्क समेत राख्न सकिने उल्लेख छ । राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाहका लागि इच्छुक र योग्य व्यक्तिको गुनासो सुन्न यस्तै व्यवस्था गर्न समेत निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)