ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंक : कम्पनी विश्लेषण (बुधवार, १६ माघ २०७५)

Jan 30, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस बैंकले शेयरधनी लगानीकर्तालाई ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ दशमलव २६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २२ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । हालसम्म बैंकले अघिल्लो प्रगतिबारे कुनै सूचना दिएको छैन । गतवर्ष ४० प्रतिशत हकप्रद जारी गरी पुँजीवृद्धि गरेको बैंकले यस वर्ष पनि पूँजी बढाउने उद्देश्यस्वरूप लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार पुग्नेछ । बिहीवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकै दिन धेरै कारोबार गर्ने दश कम्पनीमध्ये प्रभु बैंक पनि परेको छ । यस दिन कम्पनीको रू. १ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ ।

बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • यस वर्षको पुस मसान्तसम्म बैंकले रू. १ अर्ब ४ करोड १८ लाख १५ हजार खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ३२ प्रतिशत बढी हो ।
  • गतवर्षको पुस मसान्तसम्म रू. ६३ करोड ४९ लाख ५३ हजार रहेको बैंकको वितरणयोग्य नाफा यस वर्षको सोही अवधिमा ७० दशमलव २८ प्रतिशत बढेर रू. १ अर्ब ८ करोड १२ लाख १५ हजार पुगेको छ ।
  • बैंकको जगेडा कोष रकम भने गतवर्षको तुलनामा करीब १७ प्रतिशत बढेको छ । गतवर्ष पुस मसान्तसम्म रू. ४ अर्ब ७२ करोड २० लाख ९७ हजार रहेको जगेडा कोष रकम यस वर्षको पुस मसान्तसम्ममा रू. ५ अर्ब ६० करोड १२ लाख ४ हजार पुगेको छ ।
  • चालू आवको पुस मसान्तसम्म रू. १ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार निक्षेप उठाएको बैंकले रू. ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार कर्जा प्रवाह गरेको छ । गतवर्षको सोही अवधिको तुलनामा निक्षेप २२ प्रतिशत र कर्जा प्रवाह २३ प्रतिशत बढेको हो ।
  • यस वर्ष गतवर्षभन्दा ३७ प्रतिशत बढी अर्थात् रू. ५ अर्ब २२ करोड ४९ लाख २५ हजार ब्याज आम्दानी गरेको बैंकले १८ प्रतिशत बढी रू. ३ अर्ब ७ करोड १८ लाख ६४ हजार ब्याजमा खर्चिएको छ ।
  • कर्मचारी खर्च शीर्षकमा गतवर्षभन्दा ३२ प्रतिशत बढी रू. ८० करोड ४ लाख ९३ हजार खर्चिएको बैंकको सञ्चालन नाफा करीब ७० प्रतिशत बढी रू. १ अर्ब ३३ करोड १८ लाख ४८ हजार सञ्चालन नाफा गरेको छ ।
  • पूँजीकोष लागत गतवर्षको तुलनामा ६ दशमलव ३८ प्रतिशतदेखि घटेर ६ दशमलव १९ प्रतिशतमा सीमित भएको छ भने पूँजीकोष पर्याप्तता गतवर्षको ११ दशमलव २४ प्रतिशतदेखि बढेर ११ दशमलव ९२ प्रतिशत पुगेको छ ।
  • पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २५ दशमलव ३१, मूल्य आम्दानी अनुपात ९ दशमलव ६८ गुणा, प्रतिशेयर नेटवर्थ रू.१ सय ६८ दशमलव शून्य ३ र तरलता अनुपात २३ दशमलव १४ प्रतिशत छ । सोमवार कम्पनीको अन्तिम शेयरमूल्य रू. २ सय ४१ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००८३ गुणा
  • अर्निङ यिल्ड रेशियो : १०.४५ प्रतिशत

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबार अवधिमा अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ८८ बिन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन कम्पनीको १ दशमलव ०९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ४१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ४४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २ सय ४० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)