ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (बुधवार, १६ माघ २०७५)

Jan 30, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को दोस्रो त्रैमासको एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. १ अर्ब २६ करोड छ । यो गत आवको सोही अवधिको तुलनामा १ सय २० प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ५७ करोड १७ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८३ करोड छ भने रिजर्भ कोषमा रू. ४ अर्ब ४१ करोड छुट्याएको छ । साथै, कम्पनीले माघ १३ गतेदेखि ४० लाख कित्ता ऋणपत्र निष्कासन गरिरहेको छ । १६ लाख कित्ता सर्वसाधारणका लागि र ८० हजार कित्ता म्युचुअल फन्डको निष्कासन विक्री खुला भएको हो । बाँकी २४ लाख कित्ता बैंकले अन्य संघसंस्था तथा कम्पनीलाई विक्री गर्नेछ । ऋणपत्र १० प्रतिशत ब्याजदरमा २०८५/८६ मा परिपक्व हुनेछ । आवेदकले ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्ता र अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्छन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा माघ १६ र ढिलोमा फागुन १३ गते रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • दोस्रो त्रैमासमा कम्पनीले रू. १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४५ प्रतिशत र कर्जा प्रवाह ४७ प्रतिशत बढी हो ।
  • रू. ९ अर्ब ६५ करोड ब्याज आम्दानी गरेको कम्पनीले रू. ६ अर्ब ४ करोड ब्याज खर्च गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालू आवको दोस्रो त्रैमासमा ब्याज आम्दानी ७२ प्रतिशत बढी हो ।
  • रू. १ अर्ब २२ करोड कर्मचारी खर्च भएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा यो १ सय २१ प्रतिशत बढी हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ अर्ब ६० करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. २ अर्ब १३ करोड छ ।
  • निष्क्रिय कर्जा शून्य दशमलव ३० प्रतिशत, पूँजीकोष लागत ७ दशमलव १६ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ दशमलव ९७ प्रतिशत छ । दोस्रो त्रैमासमा कम्पनीले नयाँ ९ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको कुल शाखा संख्या २ सय ५७ पुगेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ३१, मूल्य आम्दानी अनुपात ११ दशमलव २५, तरलता अनुपात २० दशमलव ८१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४९ दशमलव ९३ रहेको छ । मंगलवार शेयरमूल्य रू. ३ सय ९० कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : . ०.००५८ गुणा
  • अर्निङ यिल्ड रेशियो : -८.७३%

निष्कर्ष कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५० दशमलव २४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ०१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ९३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ७७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)