ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, २० माघ २०७५)

Feb 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा रू. ८७ करोड ५ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीको गत आवको दोस्रो त्रैमासमा वितरणयोग्य नाफा रू. ७१ करोड ७४ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको नाफाबाट कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले ८ दशमलव १६ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ । चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड रहेको छ । रिजर्भ कोषमा रू. ५ अर्ब १९ करोड छुट्ट्याएको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ९७ अर्ब ५० करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २४ प्रतिशत र कर्जा प्रवाह २६ प्रतिशत वृद्धि भएको हो ।
  • रू. ६ अर्ब ८ करोड ब्याज आम्दानी गरेको छ भने रू. ३ अर्ब ७९ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च ४७ प्रतिशत वृद्धि भएर रू. ७१ करोड ५० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च रू. ३८ करोड २३ लाख रहेको छ ।
  • खुद ब्याज आम्दानी ४९ प्रतिशत बढेर रू. २ अर्ब २८ करोड र सञ्चालन नाफा २२ प्रतिशत बढेर रू. १ अर्ब ५२ करोड रहेको छ । निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत, पूँजी कोष लागत र पूँजीकोष पर्याप्तता १३ दशमलव १६ प्रतिशत रहेको छ ।
  • दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू. २४ दशमलव ७०, मूल्य आम्दानी अनुपात ११ दशमलव ८६, तरलता अनुपात २१ दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ दशमलव ४८ रहेको छ । बिहीवारको शेयरमूल्य रू. २ सय ८७ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००६ गुणा
  • अर्निङ यिल्ड रेशियो : ८.५ प्रतिशत
  • खरीद चाप : बिहीवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १५ हजार २ सय ११ कित्ता शेयर खरीद गर्ने माग र ७ हजार १ सय ८७ कित्ता शेयर विक्री गर्ने माग छ ।

निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लंगलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४१ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यी दुई रेखाभन्दा हालको मूल्य तल छ । बिहीवारको शेयरमूल्य रू. २ सय ८७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ९२ मा प्रतिरोध र सस्तिएमा रू. २ सय ८३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)