ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से प्राविधिक विश्लेषण (मंगलवार, २२ माघ २०७५)

Feb 4, 2019  
लगानी मुख्य खबर नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
माघ २१, काठमाडौं (अस) । सोमावार नेप्से ८ दशमलव ८५ अंक घटेर बन्द भएको छ । कारोबार भएको आधा घण्टासम्म बढेर १ हजार १ सय ५५ दशमलव ११ विन्दुसम्म पुगेको परिसूचक अन्त्यसम्म घटेर १ हजार १ सय ४४ दशमलव २७ विन्दुमा पुगेर बन्द भएको छ । ११ समूहको परिसूचकमा होटल समूहको शून्य दशमलव शून्य २ प्रतिशतले बढेपनि बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक शून्य दशमलव ७७ प्रतिशत घटेको हो । व्यापार, जलविद्युत, ‘अन्य’ र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । किन घटिरहेको छ पूँजीबजार ? पछिल्लो समय बजार घट्नुमा मुख्य कारण भनेको लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहित गर्ने खालका नीतिहरु सार्वजनिक हुनु रहेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालको भनाइ छ । राज्यले पूँजीबजारमा लगानी गर्ने वातावरण बनाउन ध्यान दिनुपर्नेमा प्यान, भ्याट लगायतका विषयलाई अगाडी ल्याएर लगानीकर्ताहरुलाई आतंकित बनाएको उनको आरोप छ । जसले गर्दा पछि के फाइदा होला, कुन अवस्था आउला भन्ने स्पष्ट नभएकाले शेयर कारोबारमा रहेका पुराना लगानीकर्ताहरु पनि बजारबाट बाहिरीन चाहेका छन् । योसँगै बजारमा लगानी योग्य रकमको अभाव, हल्लाको पछि लाग्ने परिपाटी लगायतले पनि बजारमाथि जान नसकेको अर्यालको भनाइ छ । सोमवारको कारोबार सोमवार रू. ३६ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिन आइतवारको तुलनामा कारोबार रकम रू. ५ करोड १४ लाखले घटेको छ । आइतवार रू. ४१ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको थियो । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ८१ प्रतिशत घटेर २ सय ४३ दशमलव २८ विन्दुमा पुगेको छ । १० समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ? कुन कम्पनीको शेयर मूल्य बढ्दा कुनको घट्यो ? कस्को कारोबार उच्च ? कारोबार भएका १ सय ६२ कम्पनीमा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय १४ कम्पनीको घटेको छ । साथै, २३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयर मूल्य ३ दशमलव ६७ प्रतिशत बढेर प्रतिकित्ता रू. १ सय १३ मा कारोबार भएको छ । दोस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य २ दशमलव ९७ प्रतिशत बढेर प्रतिकित्ता रू. १ सय ४ मा कारोबार भएको छ । त्यसैगरी, आखुँखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव ७० प्रतिशत घटेर प्रतिकित्ता रू. ८१ मा कारोबार भएको छ । खानिखोला हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव २१ प्रतिशत घटेर प्रतिकित्ता रू. ९१ मा कारोबार भएको छ । सोमवार नेपाल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता रू. २ सय ८८ मा रू. २ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको प्रतिकित्ता रू. २ सय ४६ मा रू. २ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । प्राविधिक विश्लेषण नेप्से मैनबत्ती चित्र अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यस्तो आकृतीले आगामी दिनमा परिसूचक घट्ने संकेत गर्दछ । मुभिङ एभरेज नेप्सेकोे मुभिङ एभरेज हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा तल छ । सोमवार नेप्से परिसूचक १ हजार १ सय ४४ दशमलव २७ विन्दुमा रहेको छ । मंगलवारका लागि पिभोट विन्दु १ हजार १ सय ४७ दशमलव ८३ रहेको छ । मंगलवार बजार बढेमा १ हजार १ सय ४० विन्दुमा टेवा पाउने र घटेमा १ हजार १ सय ५१ मा प्रतिरोध पाउने संभावना देखिन्छ । यो विवरण सोमवार भएको उच्च विन्दु न्यून विन्दु र बन्द विन्दुबाट लिइएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)