ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण प्रविधि बुझ्न बिल्डकन प्रदर्शनी

Feb 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । मिडिया स्पेस सोलुशन्सले फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्ससँगको सहकार्यमा विगत ५ वर्षदेखि ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ आयोजना गर्दै आएको छ । निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर यो मेला हुने गरेको छ । यस मेलाले निर्माणमा प्रविधिको प्रयोगलाई जोड दिएको पाइन्छ । यस वर्ष मेला माघ २५ (शुक्रवार) देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । विगतमा यो मेला नेपाल बिल्डकन तथा ऊड एक्स्पोको नाममा हुने गथ्र्यो । तर, यस वर्ष भने बिल्डकनलाई छुट्टै मेलाका रूपमा आयोजना गरिएको हो । नेपालमा २०७२ सालको भूकम्पले निजी घर, व्यावसायिक भवन लगायत भौतिक संरचना क्षतिग्रस्त भए । भूकम्पपछि भइरहेको भौतिक संरचनाको पुनर्निर्माणलाई लक्षित गरी बिल्डकन छुट्टै आयोजना गरिएको बताइएको छ । आयोजकले यस वर्षको मेलामा निर्माण सामग्री तथा प्रविधिलाई प्राथमिकता दिएको बताएको छ । मेलामा घर तथा भवन निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुनेछन् र त्यसको प्रयोगबारे जानकारी गराइनेछ । भूकम्प प्रतिरोधी घर तथा भवन बनाउने सम्बन्धमा पनि आवश्यक परामर्श दिइने आयोजकले बताएको छ । प्रविधि भित्र्याउने उद्देश्य निजी आवास लगायत भौतिक संरचनाको निर्माणमा धेरै खर्च लाग्छ । यस्ता विषयलाई दृष्टिगत गर्दै अन्तरराष्ट्रिय बजारमा निर्माण सम्बन्धी प्रविधिको विकास भइरहेको छ । यसले निर्माण छिटोछरितो बनाउन र लागत घटाउन पनि मद्दत पुग्छ । तर, नेपालमा त्यस्ता प्रविधिको अपेक्षित रूपमा प्रयोग हुन सकेको छैन । यसले निर्माण लागत र अवधि बढाएको छ । आयोजकले मेलामार्फत नेपालमा यस्ता प्रविधि भिœयाउने लक्ष्य लिएको छ । निर्माण व्यवसायी लगायत सम्बद्ध क्षेत्रका व्यक्तिलाई तिनको प्रयोगमा प्रोत्साहन गरिने बताइएको छ । मेलाको आकर्षण यो मेला पूर्णतया निर्माणसँग सम्बद्ध छ । त्यसैले यसमा निर्माण सामग्रीलाई प्राथमिकता दिइएको छ । मेलाको मुख्य आकर्षणका रूपमा निर्माण सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका प्रविधि हुनेछन् । मेलामा कंक्रिट ब्लक, हेभी इक्वीपमेन्ट, यूपीभीसी विन्डो, बाथरूम तथा किचेन फिटिङ सामग्री, पाइप, टाइल र भूकम्प प्रतिरोधी सामग्री समेत राखिनेछ । मेलामा आम मानिसले नदेखेका, नजानेका निर्माण सामग्रीको समेत प्रदर्शनी हुने आयोजकले बताएको छ । मेलाका विशेषता प्रदर्शनीमा विशेषगरी निर्माण सामग्री तथा प्रविधिको प्रदर्शनी र सामग्री विक्री गरिनेछ । यसमा आर्किटेक्ट, इन्जिनीयर, बिल्डर तथा इन्टेरियर डिजाइनर लगायत व्यक्तिको सहभागिता रहनेछ । अवलोकनकर्ताले उनीहरूबाट निर्माणसम्बन्धी सैद्धान्तिक जानकारी पाउनेछन् । यस कारण मेलाबाट आम सर्वसाधारण समेत लाभान्वित हुने देखिएको छ । किन अवलोकन गर्ने बिल्डकन प्रदर्शनी ? यस वर्षको प्रदर्शनीमा भवन निर्माण सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ, जसअनुसार घर, व्यावसायिक भवन जस्ता भौतिक संरचना बनाउने योजनामा रहेका तथा बनाउँदै रहेका व्यक्तिका लागि यो मेला उपयुक्त हुने देखिन्छ । आम मानिस निर्माण सम्बन्धी जानकार नहुँदा ठेकदारबाट ठगिँदै आएको पनि पाइएको छ । ठेकेदारले घर तथा भवन निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गर्ने गरेको पाइएकाले सम्बद्ध व्यक्तिलाई मर्का पर्ने गरेको छ । त्यसैले त्यस्ता सम्भावित ठगीबाट बच्न पनि यो मेला महत्त्वपूर्ण हुन सक्छ । मेलामा निर्माण तथा घरमा प्रयोग हुने सामग्रीको प्रदर्शनी हुनेछ । साथै त्यसको गुणस्तर र विशेषताका बारेमा पनि जानकारी गराइनेछ । आम मानिसले यसबारे बुझ्न सक्छन् । यसबाट उनीहरूलाई घर, भवन लगायत भौतिक संरचना बनाउँदा ठेकेदारसँगको सम्झौता र भौतिक रचना निर्माणमा सहज हुनेछ ।
पाँचौं ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ आजदेखि काठमाडौं (अस) । शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा पाँचौं ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ शुरू हुँदै छ । मिडिया स्पेस सोलुशन्स र भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त प्रयास पाँचौं प्रदर्शनी आयोजना गरिएको हो । मेलाको उद्घाटन शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले गर्ने बताइएको छ । माघ २७ गतेसम्म चल्ने मेलामा विश्वभरका ३ सय कम्पनीको सहभागी हुनेछन् । १ सय ५० ओटा स्टल रहने एक्स्पोमा निर्माण क्षेत्रका सम्पूर्ण सामग्री पाइने आयोजकले जानकारी दिएको छ । घर निर्माणदेखि घरभित्र कुनै पनि सामग्री परिवर्तनका लागि समेत मेलामा सामग्री पाइने बताइएको छ । प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका कन्स्ट्रक्शन कम्पनीको सहभागिता रहनेछ । मेलाको स्टलमा निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने आयोजकले बताएको छ । प्रदर्शनीमा सहभागी हुने नेपाली तथा विदेशी कम्पनीको अनुपात ५०/५० प्रतिशत हुने मिडिया स्पेश सोलुशन्सले जानकारी दिएको छ । पहिलो मेलामा नेपाली र विदेशी कम्पनी सहभागिताको अनुपात ४०/६० प्रतिशत थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)