ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, २७ माघ २०७५)

Feb 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त मुक्तिनाथ विकास बैंकले आव २०७५/७६ को दोस्रो त्रैमासमा रू. ४० करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५३ प्रतिशत वृद्धि भएको हो । दोस्रो त्रैमासमा कम्पनी रू. ७२ लाख ८४ हजार खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब पुगेको छ भने रिजर्भ कोषमा रू. ८५ करोड ४९ लाख छुट्ट्याएको छ । कम्पनीको आगामी व्यावसायिक योजना कृषिक्षेत्रलाई विशेष प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा व्यवसाय वृद्धि गर्दै जाने र बैंकिङ सम्भावना बोकेका स्थानमा अध्ययन गरी शाखा सञ्जाल विस्तार गर्ने रहेको छ । मङ्सिर २९ गते सम्पन्न वार्षिक साधारणसभाले १८ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोही साधारणसभाले कम्पनीले पूँजीवृद्धिका लागि २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पुस मसान्तसम्ममा रू. ३८ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रू. ३२ अर्ब ९७ करोड कर्जा प्रवाह भएको छ । गत आवको तुलनामा निक्षेप ७५ प्रतिशत र कर्जा प्रवाह ७० प्रतिशत वृद्धि भएको हो । दोस्रो त्रैमासमा कम्पनीको लगानी रू. १ अर्ब २८ करोड रहेको छ ।
  • कम्पनीले रू. ८५ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. ६२ करोड ५५ लाख रहेको छ । गत आवको तुलनामा खुद ब्याज आम्दानी ५३ प्रतिशत र सञ्चालन नाफा ५४ प्रतिशत वृद्धि भएको हो । कर्मचारी खर्च ५७ प्रतिशत बढेर रू. २५ करोड १४ लाख पुगेको छ ।
  • सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १० करोड ४४ लाख छुट्ट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव शून्य ५ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव ६७ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ७८ प्रतिशत छ ।
  • कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात २३ दशमलव ७७ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) रू.२६ दशमलव ४२, मूल्य आम्दानी अनुपात (वार्षिक) १३ दशमलव ३२, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ४ सय ६४ दशमलव २२ र प्रतिशेयर नेटवर्थ रू. १ सय २७ दशमलव ८९ रहेको छ । बिहीवारको कम्पनीको शेयरमूल्य रू. ३ सय ४५ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००९ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.७ प्रतिशत
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो समय अवधिमा ३ हजार ९ सय ६६ कित्ता शेयर खरीद गर्ने माग र ८ सय ४० कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।

निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४५ दशमलव ६७ बिन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ६० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३ सय ५५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय ४० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)