ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ५ फागुन २०७५)

Feb 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०५० मङ्सिर १६ देखि सञ्चालित युनाइटेड इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि २ सय ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन १६ गते साधारणसभा आयोजना गरेको छ । सो साधारणसभाका लागि फागुन ७ गते देखि ८ गतेसम्म १ दिन शेयरधनीदर्ता पुस्तिका बन्द रहनेछ । कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख छ । २ सय ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. १ अर्ब पुग्नेछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७४ लाख नाफा कमाएको छ । कम्पनीले आगामी दिनमा व्यावसायिक विविधीकरण गरी बीमा सम्बन्धी छिटोछरितो सेवा दिन तथा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक प्रदेशमा प्रदेश कार्यालय तथा आवश्यकता अनुसार शाखा कार्यालय खोल्ने योजना बनाएको छ । कम्पनीले अग्नि, भूकम्प, बाढीपहिरो, कृषि र स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिने भएको छ । साथै कम्पनीले ‘दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्स नै जाम’ योजना अन्र्तगत बीमितलाई दाबी बापतको भुक्तानी यथाशीघ्र चाँडो गर्ने गरेको छ । यसबाट बीमित थप आकर्षित हुनुका साथै सेवा ग्रहणमा अग्रसर देखिएका छन् ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • दोस्रो त्रैमासमा कम्पनीले रू. २३ करोड २४ लाख बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशनबाट रू. २ करोड ४९ लाख आम्दानी गरेको छ । जारी बीमालेखको संख्या २६ हजार ६ सय १२ र नवीकरण गरिएको बीमालेख संख्या ४ हजार ८ सय ५१ रहेको छ ।
  • गत आवको दोस्रो त्रैमासमा रू. ४ करोड ९० लाख ऋणात्मक रहेको रिजर्भ कोषमा चालू आवको दोस्रो त्रैमासमा रू. ४ करोड ४० लाख छुट्ट्याएको छ । बीमा कोषको रकम ५७ प्रतिशत वृद्धि भएर रू. ३० करोड ६८ लाख पुगेको छ ।
  • कम्पनीले रू. ३ करोड २७ लाख आम्दानी गरेको छ भने रू. १ करोड ५३ लाख खर्च भएको छ । खुद चालू सम्पत्ति रू. ४३ करोड ५२ लाख रहेको छ । महाविपत्ति कोषमा रू. ८३ लाख ४३ हजार छुट्ट्याएको छ ।
  • कम्पनीले पुस मसान्तसम्ममा ९ सय ९ जनालाई रू. १४ करोड २८ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ६ सय ९० जनालाई रू. २२ करोड ७६ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ७६, मूल्य आम्दानी अनुपात १ सय ३८ दशमलव ९९, तरलता अनुपात २ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. २ सय १८ दशमलव ८१ रहेको छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ६० कायम भएको छ ।
  • डिभिडेन्ड यिल्ड रेशियो : २.६३ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०२६ गुणा
  • अर्निङ यिल्ड रेशियो : ०.७५ प्रतिशत

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ६४ विन्दुमा रहेको छ । खरीद विक्री चाप सनतुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ९४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखिम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेज हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ६० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय ८५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)