ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ५ फागुन २०७५)

Feb 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पूँजीवृद्धिका लागि फागुन २१ गते देखि चैत २५ गतेसम्म ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको छ । कम्पनीले ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । माघ २५ गतेसम्म शेयर किन्ने शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ७६ लाख छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि चुक्तापूँजी रू. १ अर्ब १ करोड पुग्नेछ । चालू आव २०७५÷७६ को दोस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ३२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७१ प्रतिशत वृद्धि भएको हो । कम्पनी रू. १२ करोड ५२ लाख आम्दानी गर्न सफल भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीले ६ प्रकारको बीमा गर्दै आएको छ, जसमा आगलागी बीमा, मोटर बीमा, सामुद्रिक, विमान, इन्जिनीयरिङ र गृह बीमा छन् । कम्पनीले ३६ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • पुस मसान्तसम्ममा कम्पनी रू. ५६ करोड ९९ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ३८ करोड १९ लाख बीमा शुल्क आर्जन गरेको थियो ।
  • रिजर्भ कोषमा रू. २७ करोड ३६ लाख छुट्ट्याएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ प्रतिशत वृद्धि भएको हो । बीमा कोषको रकम ४७ प्रतिशत बढेर रू. २३ करोड १४ लाख जम्मा भएको छ ।
  • कम्पनीले पुस मसान्त सम्ममा रू. १२ करोड ५२ लाख आम्दानी गर्दा रू. ५ करोड १९ लाख खर्च भएको छ । पुनर्बीमा कमिशनबाट रू. ८ करोड १९ लाख आम्दानी भएको छ । जारी बीमालेखको संख्या ७१ हजार ९६ छ भने नवीकरण गरिएको बीमालेख २ हजार ७ सय ३२ छ ।
  • ९ सय २८ जनालाई रू. १७ करोड २३ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ९ सय २३ जनालाई रू. १ अर्ब १३ करोड दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले संकलित प्रिमियम तथा जगेडा कोषमा रहेको रकमलाई अल्पकालीन मुद्रा बजारमा परिचालन गरी ब्याज आर्जन गर्न सफल भएको छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८६, मूल्य आम्दानी अनुपात ४६ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. १ सय ८१ दशमलव ७७ रहेको छ । बिहीवारको शेयरमूल्य रू. ३ सय ६२ कायम भएको छ ।
  • डिभिडेन्ड इल्ड रेशियो : १.२४ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०६५ गुणा
  • अर्निङ यिल्ड रेशियो : ३.२७ प्रतिशत

निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिन कालो क्लोजिङ मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने सङ्केत गर्दछ । कम्पनीको आरएसआई ओभरसोल्ड जोन १४ दशमलव ४३ स्केलमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ७४ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य यी दुई रेखाभन्दा तल छ । पछि शेयरमूल्य रू. ३ सय ६२ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३ सय ७८ मा प्रतिरोध र पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)