ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ६ फागुन २०७५)

Feb 18, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आव २०७५/७६ को दोस्रो त्रैमासमा रू. ५ करोड ७२ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमासमा रू. ३ करोड ९१ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १५ करोड ८ लाख छ । गत आवको नाफाबाट कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । रिजर्भ कोषमा रू. १८ करोड ८ लाख छुट्याएको छ । हालसम्ममा कम्पनीले ५० ओटा शाखा कार्यालयबाट ७ ओटै प्रदेशमा ७० हजारभन्दा बढी घरधूरीलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
  • दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९७ करोड ५१ लाख निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा निक्षेप ९६ प्रतिशत र कर्जा प्रवाह ५९ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. २० लाख छ ।
  • रू. २३ करोड ६१ लाख ब्याज आम्दानी गर्दा रू. १२ करोड १८ लाख ब्याज खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा ब्याज आम्दानी ४६ प्रतिशत बढी हो । कर्मचारी खर्च गत आवको सोही अवधिको तुलनामा पहिलो त्रैमासमा करीब २४ प्रतिशत बढेर रू. ३ करोड ८८ करोड पुगेको छ ।
  • स्थिर सम्पत्ति ४४ प्रतिशत बढेर रू. ३ करोड ६० लाख र अन्य सम्पत्ति १ सय ४४ प्रतिशत बढेर रू. ८ करोड ४० लाख पुगेको छ । रू. ११ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले सञ्चालन नाफा रू. ८ करोड ९९ लाख पु¥याएको छ ।
  • सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड ८१ लाख छुट्याएको कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ४८ प्रतिशत छ । पूँजीकोष लागत ८ दशमलव ४६ प्रतिशत र पूँजीकोष पर्याप्तता १० दशमलव ८९ छ ।
  • चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ७५ दशमलव ८७, मूल्य आम्दानी अनुपात २२ दशमलव ०८, तरलता अनुपात १९ दशमलव ९५, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ हजार ४ सय १३ दशमलव ६१ र प्रतिशेयर नेटवर्थ रू. २ सय १८ दशमलव ८१ छ । आइतवारको शेयरमूल्य रू. १ हजार ६ सय २६ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०१५ गुणा
  • अर्निङ यिल्ड रेशियो : ४.५८ प्रतिशत
  • खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २ सय ९१ खरीद गर्ने र १ सय ६० कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्यमा लगानीकर्ताहरू अन्योल रहेको देखाउँछ । ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४९ दशमलव ८० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १ हजार ६ सय २६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ६ सय ९५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ५ सय ४१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)